रामेछाप देखि काभ्रेसम्म…….

रामेछाप देखि काभ्रेसम्म…….

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ ११ गते बिहिबार ०६:४९

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” अर्थात, आफू जन्मेको ठाउँ स्वर्ग भन्दा पनि प्यारो हुन्छ । मान्छे सबै कुरा गुमाउन तयार हुन्छ । तर आफू जन्मेको हुर्केको गाउँ ठाउँ गुमाउन र विर्सन तयार हुदैन । उसको बच्चपनमा हाँसेको खेलेको ठाउँमा...

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” अर्थात, आफू जन्मेको ठाउँ स्वर्ग भन्दा पनि प्यारो हुन्छ । मान्छे सबै कुरा गुमाउन तयार हुन्छ । तर आफू जन्मेको हुर्केको गाउँ ठाउँ गुमाउन र विर्सन तयार हुदैन । उसको बच्चपनमा हाँसेको खेलेको ठाउँमा त्यहाँका हरेक बस्तुसँग उसको नाता जोडिएको हुन्छ । । तर ,मिति २०७२ साल बैशाख १२ को भुकम्प र त्यस पछिका पराकम्पनले रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ६ डोरखानीमा बस्दै आएका नैन बहादुर खातीको घर भत्कियो । जन्म थलोमा बस्नै नमिल्ने गरी पहिरो लाग्यो । त्यस पछि उनी जन्म भूमि छाडेर काभ्रेपलान्चोक जिल्लामा गएर बसेका थिए । उनले राष्ट्रिय पुननिर्माण प्राधिकरणको थप अनुदान लिएर काभे्रमा आएर जग्गा खरिद गरी घर निर्माण गरेका थिए ।

नैनाबहादुरको आमा बुबा परलोक भएको धेरै बर्ष भैसकेको थियो । परिवारमा १ छोरा ४ छोरी आमा र बा सहित गरी ७ जना थिए । हेर्दा नै पहिरो खस्ला जस्तो, मुटु काम्ने सयशैलुङगको मुनि, दोरम्बा गाउँपालिका डोरखानीमा पहिला नै पहिरो गएर बस्ति बगाइसकेको थियो । त्यतिवेला उनीहरु भागेर बाँचेका थिए ।

भुकम्प जाँदा उनी लगायत १२ घर बसेको बस्ति नै भूकम्पको पहिरोमा बगेर गयो । त्यस पछि भकारीको गोठ हालेर पाखा बारीमा एक बर्षसम्म भाडा तिरेर बसे । त्यस पछि पनि भाडामा बस्न नपाए पछि सालैपिच्छे जस्ताको छाप्रो सार्दै परिवारको गुजरा गर्दै आएका थिए । आफन्त गुमाएको दिन सम्झदै उनी भन्छन्, “७२ साल जेठ १४ गते मानबहादुर कामी, जेठ १९ गते राजकुमारी कामी ७३ बैशाख ७ गते हर्कबहादुर कामी र अहिले जग्गा पास गर्ने बेलामा फूपू दिदि वित्नु भयो । यो अब घर बनाएर बस्ने बेलामासम्म कति जना वित्ने हुन । भुकम्प पछि त्यही ठाउँमा टहरोमा बस्दा ४ जना आफन्तको मृ’त्यु भएकाले पीडा माथी पीडा थपिएको छ ।”

सरकारको कानुन र राज्यले दिने सेवा सुविधाको बारेमा खासै जानकार नभएको र विपतको घडीमा कुनै विकल्प नभएर उनीहरु टहरोमा नै बसेका थिए । नेपाल सरकारले भुकम्प पीडित र जोखिमयुक्त लाभगा्रहीलाई बनाएको नीति नयिम र जग्गा दर्ता सम्बन्धि कार्यविधिको बारेमा मिति २०७५ चैत्र २९ गते विस्थापित भएका १२ घर परिवारलाई एकै स्थानमा भेला गरी अभिमुखिकरण गरिएको थियो ।

यस छलफलले उनीहरुलाई जग्गा कसरी खरिद गर्ने ? अर्को जिल्लामा जग्गा खरिद गर्न पाउने की नपाउने ? आदि विषयमा प्रष्ट बनायो । यस पछि उनीहरु आफ्नो अगुवाईमा जग्गा खोजी गर्न समिति निर्माण गरेका थिए । भुकम्प पीडितहरलाई नै घडेरी खोजी गर्ने जिम्मेवारी दिइयो । उनीहरुलाई नै अगुवाई गर्न दिदा घेडेरी खोजी तथा खरिद गर्न सहज भयो । त्यसको सहजीकरणमात्र दिगो समाधानले गरेको थियो ।

त्यस गाउँबाट उनी मात्र हैन उनी जस्तै १२ घर परिवार भुकम्पको कारण विस्थापित भएका थिए । ११ घर परिवारले नै काभेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं १० मा एकीकृत बस्ति विकासको लागि १० रोपनी ४ दामको घडेरी एकै स्थानमा खरिद गरे । त्यसो त जग्गा खोज्न र खरिद गर्न सहज नभएको अनुभव बताउनुहुन्छ नैना बहादुर “पहिला जग्गा डोरखानी मै खोज्यौ । जग्गा बेच्ने कोहि पनि पाइएन । अझ हामीलाई दलित भनेर कसैले पनि जग्गा दिएनन् । त्यस पछि काभ्रेपलान्चोक जिल्ला पाँचखालमा १ महिना लाग्यो । बल्ल बल्ल माइलि गौतम र सिर्जना लामिछानेका जग्गा भेटियो । रोपनिको ७ लाखको दरले जग्गाको बैना भयो ।” लाभगा्रहीले जग्गा खोजीसके पछि खरिद गर्न चाहेको घडेरी बसोबासको लागि उपर्युक्त भए नभएको पुननिर्माणको इन्जिनियरले अनुगमन गर्नु पर्ने हुन्छ । दिगो समाधानले रामेछापको जीमालीबाट इन्जिनियर ल्याएर जगा देखाउन सहजीकरण गरेको थियो ।

जग्गाको क्षेत्रफलमा शंका लागे पछि दिगो समाधानबाट अमिनि ल्याएर जग्गा नापजाँच गर्न सल्लाह पनि दिएको थियो । अमिन ल्याउँदा घर बनाउन उपर्युक्त जग्गा ७ रोपनी ८ आना मात्र पुग्यो । बाँकी जग्गा खोल्छा र सडकमा गएको थियो । जग्गा धनीले पनि पुर्जा अनुसार फिल्ड नभएको जमिन चलाख गरेर बेच्न लागेको कुरा पत्ता लाग्यो । उनीहरुले जग्गा धनी सँग पुर्जा अनुसार जग्गाको फिल्ड नभएको भनि जग्गा फिर्ता गर्ने भने पछि जग्गा धनीसँग कुरा गर्दा बाँटो र खोल्छा गरी ८ अना जग्गा कटाउने सहमति भयो । यसबाट उनीहरुलाई ३ लाख ५० हजार पैसा घट्यो । तर जग्गा पास भने १० रोपनी ४ दाम नै भयो ।

मिति २०७६ असार ४ गते काभ्रेपलान्चोक जिल्लाको मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गरी ११ घर परिवारले संयुक्त लालपुर्जा प्राप्त गरेका थिए । उनीहरुलाई दिगो समाधानले घडेरी खरिदको लागि जोखिमयुक्त लाभगा्रहीले सर्वेक्षण निस्सा नम्बर र सम्झौता क्रमाङक समेत खुलाई वडा कार्यालयमा निवेदन पेश गरेको थियो । वडा कार्यालयले उक्त जोखिमयुक्त लाभगा्रहीको बारेमा बुझे, निवेदक जोखिमयुक्त लाभगा्रही भएको र निवेदकको तथा निजको एकासगोलको परिवारको नाममा नेपाल भर घर बनाउने उपर्युक्त जग्गा नभएको भनि जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान ब्यवस्थापन तथा स्थानिय पूर्वाधार कार्यालय पेश गरेको थियो । यस्तो सिफारिस सहित सबै कागजपत्र पुगे पछि मात्र जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान ब्यवस्थापन तथा स्थानिय पूर्वाधार कार्यालय मार्फत राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यकारी समितिबाट स्वीकृत पछि त्यस्ता घरपरिवारलाई जोखिमयुक्त लाभगा्रही कायम गरी जग्गा खरिदको लागि थप अनुदान उपलब्ध ब्यवस्था थियो ।

त्यसै ब्यवस्था अनुसार रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका डोरखानीबाट ११ घर परिवार स्थाननान्तरण लागि , निवेदकको ब्याक्तिगत विवरण , लाभगा्रही सम्बन्धि विवण (सर्बे स्लिप,भूकम्प पीडित परिचय पत्र, नगरिकता प्रमाण पत्रको प्रतिलिपि ), स्थानान्तरण हुन चाहेको स्थान सम्बन्धि विवरण (ठेगाना, जग्गा धनीको नाम जग्गाको कित्ता नम्बर, क्षेत्रफल मन्जुरीनामा सम्भावित मूल्य ), जग्गा धनीले विक्री गर्न लागेको जग्गा भोग सम्बन्धि कुनै कानुनी विवाद नरहेको भनि स्थानिय तह सिफारिस पत्र र स्वीकृत भएको निवेदन बमोजिम जग्गा रजिष्टेशन पास गरेको लिखत र जग्गा धनी प्रमाण पुर्जाको आधारमा २ लाख रुपैंया नबढ्ने गरी जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान ब्यवस्थापन तथा स्थानिय पूर्वाधार कार्यालयबाट जग्गा धनीको बैंक खातामा भुक्तानी भयो । खरिद गरिएको घडेरी श्रीमान श्रीमति भएको हकमा दुवैको संयुक्त नाममा दर्ता गरिएको थियो । यदि २ लाख भन्दा बढिमा घडेरी किने पनि अनुदान भुक्तानी चहि २ लाख मात्र भयो ।

काभे्रमा अन्य जिल्लाको तुलनामा बढी भिडभाड हुने गर्दा सिधासाधा जनाता विचौलियाबाट ठगिने सम्भावना बढि भियो । मौका हेरेर जति पनि लिने र काममा अप्ठ्योरो अवस्था सिर्जना गर्दा रहेछन् । जस्तो भुकम्प पीडित जोखिमयुक्त लाभगा्रहीलाई आवसपुननिर्माणमा कित्ता काट गर्न खुल्ला गरेको आदेश हुँदा हुदै पनि कित्ताकाट गर्न मिल्दैन । पुननिर्माण प्राधिकरणको घडेरी खरिदका लागि कहिले रामेछाप त कहिले काभ्रेको पत्र माग गरेर घडेरी पासमा ढिलाई गरेका थिए । १० घर परिवारको श्रीमान श्रीमती संयुक्त नाममा घडेरी पास भएको थियो । १ घर परिवारको मात्र एकल लालपुर्जा निर्माण गरिएको थियो । उनीहरुले एकै स्थनामा घर निर्माण गरेका थिए । उनीहरु रामेछाप देखि स्थानन्तरण भएर अर्को जिल्लामा आउनुमा समयमा नै नीति नियम सम्बन्धी अभिमुखिकरण, जग्गा खोजी कार्यमा उनीहरुकै समिति निर्माण गरी जिम्मेवारी बाँड्नु, यस अगाडी बसाइँसराई गरेर गएका छिमेकीको साथ सहयोग पाउनु, उनीहरुलाई बस्ति नजिकै स्वाथ्य, शिक्षा, रोजगारीको पनि अवसर हुनु र निरन्तरण सहजीकरण भैरहनु जस्ता कार्यले गर्दा सम्भव भएको थियो ।
मानिस आफू बसेको ठाउँ सहज लाग्छ । उ त्यहाँको वातावरण परवेशसँग समायोजन भैरहेको हुन्छ । उ त्यहाँको समाजिक सम्बन्धको जालोमा जेलिएको हुन्छ । त्यस कारण पनि हुनसक्छ एकल ब्याक्ति मात्र भन्दा सामूहिक नै स्थान्तरण हुँदा सहज मान्दा रहेछन् । उनीहरुलाई राम्रो सहजीकरण, स्वाथ्य, शिक्षा, रोजगार, खानेपानी, विधुत र सडक सुविधा भएको स्थानमा नाता जोडिएको स्थानमा बस्ति स्थान्तरण गर्न सहज हुने रहेछ ।

प्रकाशित मिति ११ भाद्र २०७७, बिहीबार ०६:४९
प्रतिक्रियाहरू