चर्चित हाँस्यकलाकार हरिवंश दम्पतीलाई कोरोना संक्रमण

चर्चित हाँस्यकलाकार हरिवंश दम्पतीलाई कोरोना संक्रमण

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज २० गते मङ्गलबार ०९:२५

हास्य कलाकार तथा लेखक हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा उनलाई कोरोना पोजिटिभ भएको हो । आचार्यले सामाजिक सञ्जाल फेसबुक मार्फत आफु र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण...

हास्य कलाकार तथा लेखक हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा उनलाई कोरोना पोजिटिभ भएको हो ।

आचार्यले सामाजिक सञ्जाल फेसबुक मार्फत आफु र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । फेसबुकमा आचार्यले लेखेका छन् ।

“सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो । हाम्रो स्वास्थ्य अवस्था सामान्य छ | हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला । यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं | कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं । “

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार २१:२५
प्रतिक्रियाहरू