२४ घण्टामा देशभर २ हजार ३ सय ४० जनाले जिते काेराेना

२४ घण्टामा देशभर २ हजार ३ सय ४० जनाले जिते काेराेना

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज २० गते मङ्गलबार ०५:१६

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ४० जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ३ सय ४० जना निको हुँदा डिस्चार्ज हुनेहरुको...

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ४० जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ३ सय ४० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ६७ हजार ५ सय ४२ पुगेको छ ।

निको हुनेको यो प्रतिशतमा कुल ७४ दशमलव ३ प्रतिशत हो । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या २२ हजार ७ सय ९ रहेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २ सय ११ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या १३ हजार ५ सय ९१ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १ सय १८ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १० लाख ९९ हजार २ सय ७६ जनाको पीसीआर परीक्षण भएको छ ।

news 24

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार १७:१६
प्रतिक्रियाहरू