बाबुराम भट्टराईले भने, ‘कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ, सबै सचेत बनाैँ

बाबुराम भट्टराईले भने,  ‘कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ, सबै सचेत बनाैँ

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज २० गते मङ्गलबार १२:०४

जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गर्नुभएकाे छ । डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि...

जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गर्नुभएकाे छ ।

डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि सरकारले वार्ताको पहलसमेत नगरेको डा. भट्टराईको भनाइ छ । ‘२३ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ ? यो क्रिमिनल नेग्लिजेन्स हैन ?’ डा. भट्टराईले ट्वीटरमा लेख्नुभएकाे छ, ‘तुरुन्त वार्ता गर, समाधान खोज । डा. केसी बाँच्नुपर्छ ।’

उहाँले सरकारको यस्तो आचरणलाई आपराधिक लापरवाहीको संज्ञा दिएका दिनुभएकाे छ । ‘मूर्खदेखि दैव डरा’ भन्‍ने भनाईलाई समावेश गर्दै उहाँले कुर्सीमा बस्‍ने मूर्ख झन् डरलाग्दो हुने भन्दै सबैजना चेत्‍नुपर्ने कुरा उल्लेख गर्नुभएकाे छ । नेपाली उखान ‘मूर्खदेखि दैव डरा’, उहाँले लेख्नुभएकाे छ, ‘कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ । सबै चेतौं !’

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार १२:०४
प्रतिक्रियाहरू