राष्ट्रकविमा श्रद्धाञ्जली – मुक्तिनाथ घिमिरे

राष्ट्रकविमा श्रद्धाञ्जली – मुक्तिनाथ घिमिरे

मुक्तिनाथ घिमिरे

@Mayur Times

२०७७ असोज २० गते मङ्गलबार ०७:३८

साँच्चै हौ घिमिरे विशिष्ट कुलका देदीप्यमान् सर्जक भन्छौँ माधव शृङ्खला हिमचुली सौहार्दले निर्धक त्यो स्वच्छन्द कला उजागर ग¥यौ टेकी परिष्कारमा बेग्लै सान र मानमा सफल छौ लोकोक्तिका धारमा । ।।१।। प्यारा पात्र भए सुमञ्चन...

साँच्चै हौ घिमिरे विशिष्ट कुलका देदीप्यमान् सर्जक
भन्छौँ माधव शृङ्खला हिमचुली सौहार्दले निर्धक
त्यो स्वच्छन्द कला उजागर ग¥यौ टेकी परिष्कारमा
बेग्लै सान र मानमा सफल छौ लोकोक्तिका धारमा ।
।।१।।
प्यारा पात्र भए सुमञ्चन हँुदा ती मालती मङ्गले
बेग्लै अर्थ लगाउँछन् नि पढदै आफ्ना तिनै ढङ्गले
धेरै पाठकले खचाखच भई भाका झिकी गाउँछन्
डुब्दै सागरभित्र सौम्य जनले मोती आफैँ पाउँछन् ।
।।२।।
आत्मादेखि सधैँ जपेर मुखले नेपालको होस् जय
नेपालै नरहे हिमाल कसरी बन्ला र तेजोमय
यस्ता शाश्वत शब्दले भरिदियौ साहित्यको सागर
नेपाली जनचेतना भरिदिने तिम्रो थियो जाँगर ।
।।३।।
डाँडा बाहुन हो चिनिन्छ यसरी भन्छन् सबै पुस्तुन
जन्म्यौ वाङ्मयका शिखा हिमचुली यो राष्ट्रमा भैदिन
खम्बा लम्जुङ औ नेपाल भरका साहित्यका दर्पण
आत्मा शान्ति रहोस् म गर्छु दिलले श्रद्धाञ्जली अर्पण ।
।।४।।

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार ०७:३८
प्रतिक्रियाहरू