गजल – लोकेन्द्र बञ्जारा

गजल – लोकेन्द्र बञ्जारा

लोकेन्द्र बञ्जारा

@Mayur Times

२०७७ असोज १८ गते अाईतबार ०६:५४

प्रेम ग¥यौ अब तिमीलाई निदाउन वर्षौ लाग्छ बालक जस्तो दुनियाँलाई सम्झाउन वर्षौ लाग्छ आवेशमा वचन नलाउ टुट्ला नाता सोच फेरि कुनै कुनै सम्बन्ध त बनाउन वर्षौ लाग्छ यो सोचेर तिमी आफ्नो सङ्घर्षलाई जारी राख कि छालले पनि पहरालाई फुटाउन...

प्रेम ग¥यौ अब तिमीलाई निदाउन वर्षौ लाग्छ
बालक जस्तो दुनियाँलाई सम्झाउन वर्षौ लाग्छ

आवेशमा वचन नलाउ टुट्ला नाता सोच फेरि
कुनै कुनै सम्बन्ध त बनाउन वर्षौ लाग्छ

यो सोचेर तिमी आफ्नो सङ्घर्षलाई जारी राख
कि छालले पनि पहरालाई फुटाउन वर्षौ लाग्छ

तिमीले आफ्नो ख्याल गर्नु, म नफर्किन पनि सक्छु
फर्केँ भने पनि मलाई फर्की आउन वर्षौ लाग्छ

कुनै –कुनै घटना परिघटनाहरु यस्ता हुन्छन्
जसलाई सामु देखेपनि पत्याउन वर्षौ लाग्छ

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार १८:५४
प्रतिक्रियाहरू
हरिश जोशिले प्रेमिकालाई दिए दशैं उपहार

हरिश जोशिले प्रेमिकालाई दिए दशैं उपहार
२०७७ कार्तिक ६ गते बिहिबार ०५:२५

गजल – माधव ढकाल

गजल – माधव ढकाल
२०७७ कार्तिक ४ गते मङ्गलबार ०९:१२

गजल – रोमु अधिकारी

गजल – रोमु अधिकारी
२०७७ असोज २९ गते बिहिबार ०९:३२

गजल – प्रदीप रोदन

गजल – प्रदीप रोदन
२०७७ असोज २९ गते बिहिबार ०५:५०