सरकार लकडाउन गर्ने पक्षमा नरहेको स्वास्थ्यमन्त्रीको भनाइ

सरकार लकडाउन गर्ने पक्षमा नरहेको स्वास्थ्यमन्त्रीको भनाइ

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज १७ गते शनिवार ०६:५८

दिनप्रति दिन कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि पुनः लकडाउन हुने चर्चा चलिरहेको छ । यसैबीच निजी क्षेत्रले लकडाउनको निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार (आज) राष्ट्रिय व्यवसायिक पहल (एबीआई)को नेतृत्वमा पुगेको...

दिनप्रति दिन कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि पुनः लकडाउन हुने चर्चा चलिरहेको छ । यसैबीच निजी क्षेत्रले लकडाउनको निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार (आज) राष्ट्रिय व्यवसायिक पहल (एबीआई)को नेतृत्वमा पुगेको उद्योगी–व्यवसायीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर दशैं अगाडि लकडाउन नगर्न आग्रह गरेका छन् ।

उनीहरुले कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि लागू गरिएको लामो समयसम्मको लकडाउन तथा निषेधाज्ञाका कारण अर्थतन्त्र डामाडोल भएको बताउँदै पुनः लकडाउन गर्नु आत्मघाति निर्णय हुने बताएका छन् ।

छलफलपछि स्वास्थ्यमन्त्री ढकालले कोरोना नियन्त्रणका लागि सबै पक्ष एकजुट हुनु पर्ने धारणा राख्दै अब लकडाउन गर्ने पक्षमा सरकार नरहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले लकडाउनको विकल्प खोज्ने पक्षमा सरकार रहेको बताउनुभएको छ ।

त्यस्तै, उहाँले कोरोना भाइरसको नियन्त्रण र आर्थिक गतिविधिलाई सूचारु गर्न निजी क्षेत्रबाट प्राप्त सुझावलाई स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताउनुभयो ।

उक्त भेटमा भेटमा एनबीआईका अध्यक्ष कुशकुमार जोशी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवं राष्ट्रिय व्यवसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकार, चेम्बरका उपाध्यक्ष एवं राष्ट्रिय व्यवसायिक पहलका कोषाध्यक्ष दीपक मलहोत्रालगायत उपस्थित थिए ।

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार ०६:५८
प्रतिक्रियाहरू