एक संर्घषशील किसानको कथा

एक संर्घषशील किसानको कथा

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ ११ गते बिहिबार ०५:४०

सिन्धुली जिल्लाको शिवनगर बस्ने हरीबहादुर विगत सम्झदै भन्छन् “मिति २०७२ साल बैशाख १२ गते आएको भुकम्पले मैले जिन्दगी भर दुःख गरेर जोडेको संरचना ध्वस्त बनायो । जीवनको रंगीन सपना सबै चकनाचुर भयो । तैपनि त्यही भत्केको घरमा आड लिएर टालटुल...

सिन्धुली जिल्लाको शिवनगर बस्ने हरीबहादुर विगत सम्झदै भन्छन् “मिति २०७२ साल बैशाख १२ गते आएको भुकम्पले मैले जिन्दगी भर दुःख गरेर जोडेको संरचना ध्वस्त बनायो । जीवनको रंगीन सपना सबै चकनाचुर भयो । तैपनि त्यही भत्केको घरमा आड लिएर टालटुल पारेर परिवार लिएर बसे ।” सरकारबाट राहत वितरण शुरु भयो । उनको लालपुर्जा नभएको कारण शुरुमा घर सर्वे गर्न कठिन भयो । पछि सर्बे भयो तर अनुदान सम्झौता भएन । निरन्तर प्रयास गर्दा बल्लबल्ल अनुदान सम्झौता भयो । नगरपालिकाले नक्शा स्वीकृत नगराई घर बनाउन नपाउने भने पछि उनको घर बन्न सकेन । लालपुर्जा नभएको कारण नक्शा बन्न सकेन ।
छोराले मेहनता पढ्यो । जापनिज भाषमा नाम निकाल्यो । अरुको मञ्जुरी नामा लिएर सम्पति विरण पेश गर्न लागेको तर मिलेन । त्यस पछि फेरी लालपुर्जा अभावामा जापान जान रोकियो । त्यस पछि छोरो मजदुरी गर्न गयो । तीन बर्ष भयो । भूमिहिनले पनि घर बनाउन अनुदान पाउँ छ भन्ने आशमा बसे । अब त आश पनि मर्न लागिसक्यो । उनको हातामा २ बर्ष पहिला नै बनाएको वडा सिफारिस र सर्जमिन मुचुल्का थियो । जुन कागजपत्र कतै पनि पेश हुन सकिरहेको थिएन ।

दिगो समाधान टिमले के गर्यो ?

हरी बहादुरको परिवार भत्केको घर टालटुल पारेर बारेर बसेका थिए । दिगो समाधान आएर सोधपुछ गर्यो । परम्परा देखि बासोबास गरेको हो भन्ने प्रमाण जस्तो कि खानेपानी, विद्युत, विजुली जडान एवं महशुल बुझाएको वील वा मतदाता परिचय पत्र वा नगरपालिकाले दिएको सरसफाइको प्रमाण त्यो पनि नभए परम्परादेखि बसोबास प्रमाण लियो । उक्त मुचुल्कामा नागरिकता प्रमाण पत्रको नम्बर राखेर कम्तिमा पनि ४ जनाले ऐलानी जग्गामा बसोबास गदै आएको खुलाएर सहिछाप तयार पार्न सिकायो । भूमिहिनले वडा कार्यालयमा निववेदन पेश सहजीकरण भयो । हरीबहादुरले वडा कार्यालयमा निवेदन दर्ता गराए । भूमिहिनको तथा उसको एकासगोलको परिवारको नामामा जग्गा नभएको भनि दर्ता र चलानी नम्बर समेत राखेर जिल्ला आयोजना तथा कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानिय पूर्वाधार कार्यालयमा वडा कार्यालयम मार्फत बुझायो । उक्त फाइल जिमाली मार्फत जिल्ला पुननिर्माण समन्वय समितमा पेश गर्न पनि दिगो समधानले सहजकिरण गर्यो । उक्त समितिको अध्यक्ष निर्वाचित भएर गाएका व्यवस्थापिका संसद्को अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, जिल्ला आयोजना तथा कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानिय पूर्वाधार जिमाली प्रमुख सदस्य जिल्ला समन्वय प्रमुख सदस्य भएको ५ जनको समिति उनीहरुको बारेमा निर्णय गर्यो । उनले परम्परादेखि भोगचलन गदै आएको जग्गामा घर बनाउन स्वकिृत प्रदान भएको थियो ।

हाल आएको परिवर्तन

अहिले उनको दुई कोठाको पक्की घर छ । त्यही पक्की घर सँग जोडिएको भुकम्पको छाप्रोमा किसान पसल सञ्चालन गरिरहेका छन् । आफू बृद्ध हुर्दै गएकाले हिसाब भुल्ने भएकाले छोरा र बुहारी भएर पसल सञ्चालन गरिरेका छन् । त्यसै बाट परिवारको खर्च चलाइरहेका छन् । उनी खुसि हुदै भन्दै छन् “दिगो समाधानलाई मुरी मुरी धन्यवाद । बाँस नहुँदा गरिबलाई बास दिनु भयो । भगवाले कल्याण गरुन । घर बनाउ नत तत्काल जग्गा मिल्यो । अब विस्तारै लालपुर्जा दिलाउन पनि सहयोग गरिदिनु होला ।”

प्रकाशित मिति ११ भाद्र २०७७, बिहीबार ०५:४०
प्रतिक्रियाहरू