युविन साँझमा गजल, हरिश र मौसम जि गुन्जिँदै

युविन साँझमा गजल, हरिश र मौसम जि गुन्जिँदै

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज १६ गते शुक्रबार ०९:२६

मेरो मनलाई सम्झाए हुँदैन बुझाए हुदैन के अब तिमिले पनि याद नपठाए हुदैन? पिडाले हो यहाँ सबको आँसु बगाएको के अब आँसु स्वयमले पीडा बगाए हुदैन?   यी गजलका शेर गजलकार हरिश जोशिका हुन । सुदुरको दुर बझाङका गजलकार निकै पृथक अन्दाजबाट...

मेरो मनलाई सम्झाए हुँदैन बुझाए हुदैन
के अब तिमिले पनि याद नपठाए हुदैन?

पिडाले हो यहाँ सबको आँसु बगाएको
के अब आँसु स्वयमले पीडा बगाए हुदैन?

 


यी गजलका शेर गजलकार हरिश जोशिका हुन । सुदुरको दुर बझाङका गजलकार निकै पृथक अन्दाजबाट गजल लेख्नुहुन्छ । युबिन साँझको छैटौँ श्रृङखलामा तिनै गजलकार हरिश जोशी र गजलकार मौसम जि भन्डारी आज साँझ ६ बजे कर्णाली प्रदेशको प्रदेश राजधानी  बिरेन्द्रनगरको एरि चोकमा रहेको युबिन क्याफेको सभाहलमा गुन्जिने छन । त्यही कार्यक्रम युबिन क्याफेको फेसबुक पेजमार्फत पनि प्रत्यक्ष प्रशारण हुनेछ।
नेपाली गजल बिकासको लागि यो सानो प्रयास हो कोभिडको यो अवस्थामा सामाजिक दुरी कायम गरेरै भएपनि कार्यक्रम संचालन गरिरहेका छौँ । युविन क्याफेका संचालक युवराज निस्चलले जानकारी दिनुभयाे ।

तपाईं जीवन व्यवहार यस्तो बनाउनुस

गर्व गर्न सकोस सन्सार यस्तो बनाउनुस

दुखको क्रुर पहाड सजिलै चिर्न सकियोस

यो जिन्दगिलाइ हतियार यस्तो बनाउनुस

©मौसमजी भण्डारी

प्रकाशित मिति १६ आश्विन २०७७, शुक्रबार ०९:२६
प्रतिक्रियाहरू