त्यसैले मलाइ मन पर्दैन दशैँ – दुर्गाप्रसाद अमगाईँ

त्यसैले मलाइ  मन पर्दैन दशैँ    – दुर्गाप्रसाद अमगाईँ

दुर्गाप्रसाद अमगाईँ

@Mayur Times

२०७७ असोज १६ गते शुक्रबार ०७:३१

धेरै मानिसहरुको घरमा पशुहरुको आर्यघाट हुन्छ, पचासौँ लाख निर्दोष प्राणीहरूको निर्मम हत्या हुन्छ, हत्या पनि थरीथरी दुखदायी तरिकाले हुन्छ कसैलाई रेटेर हुन्छ, कसैलाइ बन्चरोले हिर्काएर हुन्छ, कसैलाई मार हानेर हुन्छ, कसैलाई उल्टो...

धेरै मानिसहरुको घरमा पशुहरुको आर्यघाट हुन्छ,
पचासौँ लाख निर्दोष प्राणीहरूको निर्मम हत्या हुन्छ,
हत्या पनि थरीथरी दुखदायी तरिकाले हुन्छ
कसैलाई रेटेर हुन्छ, कसैलाइ
बन्चरोले हिर्काएर हुन्छ,
कसैलाई मार हानेर हुन्छ, कसैलाई उल्टो रेटेर हुन्छ,
निर्दोष प्राणीको हत्या हुन्छ
मेरा आँखाबाट आँसुको खोला बग्छन्
वडा दशैँजस्तो महान् चाडमा
घरघरमा डुंग सिनो गनाउँछ
त्यसैले मलाई मन पदैन दशैँ
त्यसैले मलाई खुसी लाग्दैन दशैँ

विचरा ती अवोध प्राणीलाई पालेर हुर्काइन्छ
वडा दशैँ मान्न भनी ठुला रकममा किनवेच हुन्छ
अज्ञान नरपशु मानवको पेट भर्न मिष्ठान्न बन्नुपर्छ
कस्तो हाम्रो यो जुनी प्रभु मलाइ फेरि
पशुकै जीवन नदिऊँ है…….
भन्दै ती आँखाबाट चिप्रा झारेको भएपनि
किरा भन्केको भएपनि
हामी नरपशु मानवको आहार बन्नुपर्छ
उनीहरुको वडा दशैँ खुसी तुल्याउन
हामी पशुको बली हुनैपर्छ
प्रभु मलाई फेरि पशुको जन्म नदेऊ है
त्यसैले मलाई मन पर्दैन दशैँ
त्यसैले मलाई खुसी लाग्दैन दशैँ

मानवजातीकाे वडा दशैँ सम्पन्न हुन
प्राणको बाजी बाध्य भएर दिनैपर्ने
ती प्राणीहरुको भेलामा म हाजिर हुँदा
भैसीले मलाई हेरर आँसु झार्दै अाइअाइ गर्यो
बाेका खसी नाकबाट सिंगान झार्दै प्याँप्याँ गर्यो
सुंगुर बङ्गुर च्वाच्वा गर्दै रोहिरह्यो
ती प्राण्ीहरुले मलाई भन्दै थिए……
मलाई मुक्ति गराइदेउ
वलीदान हुनुपर्ने बन्धनबाट छुटाइदेऊ
मेरो मुटु फुटेर आयो भक्कानो छुट्यो
म मानव भएर पनि तिमी प्राणीहरुलाई
बचाउन सकिनँ तिम्रो दुख बुझेर पनि
बचाउन सकिनँ, तिम्रो दुख बुझेर पनि
बचाउन सकिनँ, म मानव आफैँमा धिक्कार छ
हामी अन्यायमा पर्दा अदालत छ
मानव अधिकार छ
न्यायलय छ, दण्ड गरिन्छ
तर तिमी पशुहरुको अधिकार माग्ने कुनै निकाय छैन
त्यसैले म मानव भएको पनि कुनै औचित्य छैन
त्यसैले मलाई मन पर्दैन दशैँ
त्यसैले मलाई खुसी लाग्दैन दशैँ

गोरखा, बारपाक सुलीकोट गाउँपालिका वडा नं ७

प्रकाशित मिति १६ आश्विन २०७७, शुक्रबार ०७:३१
प्रतिक्रियाहरू
गजलकार निम्बाका दुई गजल

गजलकार निम्बाका दुई गजल
२०७७ माघ ८ गते बिहिबार ०६:४४

स्मृतिमा कर्णाली गजल उत्सव

स्मृतिमा कर्णाली गजल उत्सव
२०७७ माघ ८ गते बिहिबार ०३:२१

गजलमा भोक बोल्ने गजलकार कुन्दन

गजलमा भोक बोल्ने गजलकार कुन्दन
२०७७ माघ ६ गते मङ्गलबार ११:११

चुनौंतीको गर्भमा लुकेको अवसर।

चुनौंतीको गर्भमा लुकेको अवसर।
२०७७ माघ ४ गते अाईतबार ०३:०८