आजदेखि खाडीमुलुककाे यी देशहरुबाट हुँदैछ उडान (हेर्नुहोस् )

आजदेखि खाडीमुलुककाे यी देशहरुबाट हुँदैछ उडान (हेर्नुहोस् )

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज १५ गते बिहिबार ०६:२०

खाडीका चार देशबाट भोलि अर्थात अक्टोबर १ देखि नियमित उडान सुरु हुँदैछ । खाडीको देश साउदी, कतार, कुवेत र ओमानबाट भोलिदेखि नियमित उडान हुने भएको हो । नियमित उडान भएपछि यी देशबाट स्वदेश फर्कन चाहने श्रमिकले सिधै टिकट काटेर घर फर्कन सक्ने...

खाडीका चार देशबाट भोलि अर्थात अक्टोबर १ देखि नियमित उडान सुरु हुँदैछ । खाडीको देश साउदी, कतार, कुवेत र ओमानबाट भोलिदेखि नियमित उडान हुने भएको हो । नियमित उडान भएपछि यी देशबाट स्वदेश फर्कन चाहने श्रमिकले सिधै टिकट काटेर घर फर्कन सक्ने दूतावासहरुले जनाएका छन् ।

भदौ १६ गतेदेखि मलेसिया र यूएईबाट नियमित उडान भए पनि साउदी, कतार कुवेत लगायतका देशमा पीसीआर परीक्षण सहज नभएको भन्दै यी देशबाट फर्कन खोज्ने नेपालीको लागि चार्टर्ड उडान भइरहेको थियो ।

तर अब पीसीआर परीक्षण गरेर आउने श्रमिक सिधै होम क्वरेण्टीमा जान पाउनेछन् भने पीसीआर परीक्षण नगरी आएमा काठमाण्डौमा होटल क्वरेण्टीनमा बस्नु पर्नेछ । अब स्वदेश फर्कन सिधै सम्बन्धित एअरलाइन्स कम्पनीमा सम्पर्क गरेर टिकट काटी स्वदेश फर्कन पाइन्छ ।

चार्टर्ड उडानमा जस्तो दूतावासको सूची अनुसार फर्कनका लागि कुर्न पर्दैन । भोलिदेखि कतारबाट हिमालय र कतार एअरवेजले दिनमा १, १ उडान भर्दैछन् भने साउदीको रियादबाट, कुवेतको कुवेत सिटीबाट र ओमानबाट पनि नियमित उडान हुनेछ ।

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार ०६:२०
प्रतिक्रियाहरू