भुकम्पले गुमेको घरवारी – कमला बरुवाल

भुकम्पले गुमेको घरवारी – कमला बरुवाल

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ ११ गते बिहिबार ०५:१२

“कहिलेकाँहि समय पस्थितिले उल्टोलाई सुल्टो र सुल्टोलाई उल्टो बनाउदो रहेछ ।” रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं ६ बस्ने कमला बरुवाल दुखि हुदै भन्छिन् । मिति २०७२ सालमा गएको भुकम्प र त्यस पछिको गएको छतिउने पहिरोले...

“कहिलेकाँहि समय पस्थितिले उल्टोलाई सुल्टो र सुल्टोलाई उल्टो बनाउदो रहेछ ।” रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं ६ बस्ने कमला बरुवाल दुखि हुदै भन्छिन् । मिति २०७२ सालमा गएको भुकम्प र त्यस पछिको गएको छतिउने पहिरोले गर्दा ढलेको घरको बाँकी अवशेष पनि बगार लग्यो । त्यस पछि उनी त्यस ठाउँ छोडेर अरुको जग्गामा टहरो बनाएर बस्न थालिन । आफु बसेको ठाउँ छोडेर टाढा जान मन लागेन त्यस ठाउँबाट अलि पर सरेर छाप्रो बनाएर बसिन । पहिरोले घर खेत सबै बगाएको हुँदा बर्ष भरी खाने अन्न पनि भएन । वडा कार्यालयको पहलमा टेन र खाद्यान्न उपलब्ध भयो । त्यतिबेला गृहमन्त्रिले बस्ति स्थानान्तरण गर्ने र त्यसका लागि जग्गाको आवश्यक प्रबन्ध मिलाउने बाचा गरेका थिए । त्यही बाचा कारण वडा कार्यालयको रोहवरमा मिति २०७४ साल चैत्र २२ गते पारस खत्रीबाट कित्ता नं ११४ को क्षेत्रफल ६ आना जग्गा खरिद गरी घर बनाएकी छिन् । जग्गा खरिद गर्दा जनहित वचत तथा ऋण सहकारी संस्थाबाट रु.३ लाख रुपैंया ऋण लिएकी थिइन । तर जग्गा खरिद बापतको अनुदान रकम भने आएन । दिगो समाधान मिति २०७५ साल चैत्र ७ गते भूमिहिनको विवरण संकलन गर्न जाँदा उक्त समस्या थाहा भयो ।

उनी मात्र नभइ उनी जस्तै समस्या भएका शम्भु विक, शिवमाया खत्री, गोविन्द बहादुर खत्री पनि रहेछन् । उनीहरु सबैले आवास पुननिर्माणको तेस्रो किस्ता लिएर निर्माण सम्पन्न गरि सकेका थिए । फिल्डबाट फर्केपछि पछि मिति २०७५ चैत्र १५ गते जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार जिमाली रामेछापा छलफल भयो । तर तेस्रो किस्ता लिएर निर्माण सम्पन्न गरिसकेको भए पुननिर्माण प्राधिकरणको जिम्मेवारी सकियो भन्ने आयो । उक्त विषय दिगो समाधानको बैठकमा पनि राखियो । उक्त स्थान जोखिम हो की हैन भनि अनुगमन गर्न मिति २०७६ कार्तिक ४ गते केन्द्रिय पुननिर्माण प्राधिकरण भौगर्भिक अध्ययन भयो । पुननिर्माण प्राधकिरणको १२१ औं बैठकबाट कमला विक लगायत ३ जानाको नाम जोखिमयुक्त लाभग्राहीमा कायम भएर आयो । त्यस पछि उक्त जनकारी उनी लगायत ४ जना लाभगा्रहीलाई जग्गा खरिद प्रकृयाको बारेमा अभिमुखिकरण भयो । तर उनीहरुको घडेरी खरिद गरी जग्गा रोक्का भैसकेको रहेछ ।

पुननिर्माण प्राधिकरणको कार्याविधिअनुसार श्रीमान श्रीमतिको नाममा संयुक्त हुनपर्ने र लिखतको आधारमा भुक्तानी दिने भएकाले अनुदान प्राप्तीको लागी लाभगा्रहीलाई त्यसै अनुसारको सुझाव दिइयो । जग्गा खरिदको लागि आवश्यक कागजपत्र सहित फाइल (अनुदान रकम पाउँ भन्ने निवेदन, वडा कार्यालयको सिफारिस, जग्गा धनीलालपुर्जाको प्रतिलिपी, श्रीमान श्रीमतिको नागरिकताको प्रलिलिपी, संयुक्त लिखतको प्रतिलिपी आदी ) तयार पारेर अनुदान भुक्तानी खरिदको लागि जिमाली रामेछापमा पेश गरिएको भयो । पुननिर्माण प्राधिकरणको कार्याविधि अनुसार स्थानीय निकायको सिफारिस भने पछि वडाको र पालिका दुवैको चाहिन्छ भने पछि उनीहरलाई लिखुताकोशी गाउँपालिको अध्यक्षले सिफारिस ब्याक्तिगत स्वार्थका कारण दिएन । गाउँपालिकाको उपाध्यक्ष दिप शिखालाई यस ब्यवस्थाबारे जानकारी गराए पछि अनुदान भुक्तानीको लागी पालिकाबाट सिफारिस भयो । आवास पुननिर्माण पछि गाउँमा लोकल जातको बाख्रपापालन गरेर जीविकोपार्जन गरिरहेकी छिन् ।

उनले २ वटा बच्चाको पढाइखर्च खर्च पनि बाख्रापालन गरेर नै टारिरहेकी छिन् । गाउँघरमा खराब राजनैतिक र पहुच नभएका कारण आफूले पाउने अधिकारबाट बञ्चितिकरण पर्दा रहेछन् । उनीहरुलाई कानुनी ज्ञानको पनि अभाव हुँदा आवश्यक प्रमाण जुटाउन सक्दैनन् । पहुँचमा नआए सम्म अरुले सहयोग पनि गदैनन् । सामाजिक संघ संस्थामा काम गर्ने सहजकर्ता तथा पैरवी अधिकृतहरुले समस्यालाई राम्ररी बुझेर मात्र पैरवी गर्दा अधिकारबाट बञ्चित समुदायले न्याय प्राप्त गर्न सक्छन् ।

प्रकाशित मिति ११ भाद्र २०७७, बिहीबार ०५:१२
प्रतिक्रियाहरू