आज नेपाली बजारमा सुनको मुल्य बृद्धि भएको छ । बुधवार तोलामा ५ सय ले बढेको छ । आज छापावाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार प्रतितोला ९०० रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।
त्यस्तै चाँदी बुधवार प्रतितोलामा १५ रुपैयाँले बढेर १ हजार १९० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । मंगलवार चाँदी तोलामा २५ रुपैयाँले बढेको थियो ।
प्रकाशित मिति १४ आश्विन २०७७, बुधबार १४:४३