ब्रोइलरका चल्ला मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्ने भारतीय प’क्राउ

ब्रोइलरका चल्ला मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्ने भारतीय प’क्राउ

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज १४ गते बुधबार ०७:०६

काठमाडाैं : अबैध रुपमा भारतबाट ब्रोइलरका चल्ला भित्र्याएर मेहन्दी लगाएर ‘लोकल’ भन्दै म’हङ्गो दरमा बिक्री गर्ने भारतीय नागरिकलाई प्रहरी प’क्राउ गरेको छ । ब्रोइलर चल्लालाई विभिन्न रङ (मेहेन्दी) लगाएर लोकल, कोइलर, गिरिराजका चल्ला...

काठमाडाैं : अबैध रुपमा भारतबाट ब्रोइलरका चल्ला भित्र्याएर मेहन्दी लगाएर ‘लोकल’ भन्दै म’हङ्गो दरमा बिक्री गर्ने भारतीय नागरिकलाई प्रहरी प’क्राउ गरेको छ ।

ब्रोइलर चल्लालाई विभिन्न रङ (मेहेन्दी) लगाएर लोकल, कोइलर, गिरिराजका चल्ला भन्दै विक्री वितरण गरेको नौलो घ’टना फेला परेको छ । काठमाडाैँकाे कंलकीमा नक्कली लोकल कुखुराको बि’गबिगि मच्चिए पछि प्रहरीले सो विषयमा अनुसन्धान सुरु गरेको थियो । बोईलर कुखुराको चल्लालाई कालो रातो मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै महंगोमा विक्री गर्ने समूह सक्रिय भएपछि कंलकी र काठ क्षेत्रमा यस्तो बि’गबिगी मच्चिएको पाइएकाे हो ।

आज महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका १४ कलङ्कीबाट चल्लालाई रङ लगाउँदै गर्दा उनीहरुलाई प’क्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

प’क्राउ पर्नेमा भारतीय नागरिक प्रेमसिलादेवी जययसवाल, वकील खान, सुनिता जयसवाल, चन्दादेवी शाह रहेका छन् । उनीहरुले चितवन लगायत विभिन्न जिल्लाबाट ब्रोइलरको चल्ला ल्याइ रङ लगाएर लोकलको मुल्यमा विक्री गर्ने गरेको खुलेको छ ।

कम मूल्यका चल्लालाई रङ लगाएपछि प्रतिगोटा रु १५० सम्ममा विक्री गर्ने गरेको खुलेको छ । विशेष सूचनाको आधारमा उनीहरुलाई प’क्राउ गरी ठ’गी मु’द्दामा कानुनी अ’नुसन्धान शुरु गरिएको जनाइएको छ ।

प्रहरीले उनीहरुको साथबाट यसरी रङ लगाएका झण्डै चार हजार र रङ लगाउने तयारीमा राखिएका २४ हजार चल्ला समेत बरामद गरेको छ ।

प्रहरीले प्रयोग गरिएका मेहन्दीका खोल र प्रयोग गर्न राखिएको मेहेन्दीका पोका समेत बरामद गरेको छ ।

यसरी बोईलर कुखुरालाई मेहँन्दी लगाएर विभिन्न किसिमको कृतिम रङ्ग लगायदै लोकल बनाउदै बिक्री गर्दै आएका भारती नागरिकहरूलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले पक्राउ गरेको छ ।

सेतो चल्लालाई कालो रातो रङ्ग लगाउदै गर्दा काठमाडौं कंलकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान,सुनिता जैसवाल,चन्दा देवी शाह कालीमाटी बृत्तले पक्राउ गरेका छ ।

करिव अन्दाजी २० हजार गोटा तयारी तथा रङ्ग लगाउन बाकी चल्ला बरामद गरिएको महानगरीय प्रहरी बृत्त कालीमाटी प्रमुख डिएसपी अपिल राज बोहराले बताउनुभयो ।

प्रहरीले कुल २८ हजार ६ सय चल्लाको बरामद गरेको छ । जस मध्ये ३ हजार ६ सय ५० चल्लामा कलर गरिएको हो । बोईलर भन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा विक्रि हुदो रहेछ त्यहि भएर चल्ला ल्याउदै महङ्गोमा गरिहेको पाइयो, उहाँले भन्नुभयो ।

उक्त गिरोहले राजधानीका विभिन्न क्षेत्र लोकल,गिरिराज,कोईलर भन्दै १० रूपयामा गरिद गरि ल्याएको चल्ला दुई सय देखि ३ सय सम्म विक्रि वितरण गर्दै आईरहेका थिए ।

प्रकाशित मिति १४ आश्विन २०७७, बुधबार ०७:०६
प्रतिक्रियाहरू