“सवितामा उच्च सम्मान “- हरिप्रसाद गजुरेल

“सवितामा  उच्च सम्मान “- हरिप्रसाद गजुरेल

हरिप्रसाद गजुरेल

@Mayur Times

२०७७ असोज १४ गते बुधबार ०६:५१

हरिहर सवितामा घामझैँ काव्य झुल्क्याे । हर पल दिल साेही काव्य गाएर सल्क्याे ।। चितवन घरदैलाे झाेपडीमा सजायाै । सकल सहिद गाथा चित्र राखी चिनायाै ।।१ तन मन वचनैले योजना यै खुलायाै । कवि मन बटुलेरै काव्य गाथा चुल्यायाै ।। उठ,कुद...

हरिहर सवितामा घामझैँ काव्य झुल्क्याे ।
हर पल दिल साेही काव्य गाएर सल्क्याे ।।
चितवन घरदैलाे झाेपडीमा सजायाै ।
सकल सहिद गाथा चित्र राखी चिनायाै ।।१

तन मन वचनैले योजना यै खुलायाै ।
कवि मन बटुलेरै काव्य गाथा चुल्यायाै ।।
उठ,कुद कवि भन्दै गाउँ गावैँ डुलायाै ।
कविवर जनताकै लेख साहित्य भन्थ्याै ।।२

कलुषित जति भन्थ्याै रात फालेर हाँस्न ।
जन दमन नराेके पर्छ राँकाे छ झाेस्न ।।
गन र बम छ माला शाेष्छ जाे लिन्छ शाेभा ।
कवि जन जनताकै घाेल साहित्य अाभा ।। ३

दखिनतिर छ काेराेना मिची लान्छ माटो ।
कवि दिल कविता हाेस् साँध जाेगाैन भाटाे ।।
अविरल जन जागे मिल्छ भन्थ्याै उज्यालो ।
श्रम भर कवितामा फल्छ राम्रो दियालो ।।४

सुसितल छ उषामा हात तान्दै उठायाै ।
उठ कुद हरि भन्दै झट्ट उत्साह हाल्याै ।।
हर बखत सविता उच्च सम्मान गाएँ ।
छ सयन सुकला स्पन्दनैमा झुलाएँ ।।५

खैरहनी नगरपालिका_3, धुसरी, चितवन

प्रकाशित मिति १४ आश्विन २०७७, बुधबार ०६:५१
प्रतिक्रियाहरू
गजलकार निम्बाका दुई गजल

गजलकार निम्बाका दुई गजल
२०७७ माघ ८ गते बिहिबार ०६:४४

स्मृतिमा कर्णाली गजल उत्सव

स्मृतिमा कर्णाली गजल उत्सव
२०७७ माघ ८ गते बिहिबार ०३:२१

गजलमा भोक बोल्ने गजलकार कुन्दन

गजलमा भोक बोल्ने गजलकार कुन्दन
२०७७ माघ ६ गते मङ्गलबार ११:११

चुनौंतीको गर्भमा लुकेको अवसर।

चुनौंतीको गर्भमा लुकेको अवसर।
२०७७ माघ ४ गते अाईतबार ०३:०८