गायक प्रमोद खरेलको वियोगात्मक म्युजीक भिडियाे सहितकाे नयाँ गीत छाती चिरेर सार्वजनिक भएको छ ।
गीतको भिडियोमा गायक खरेलसँगै नायिका ऋचा शर्माको अभिनय छ । यो वियोगात्मक प्रेम गीतमा प्रमोद व्हील चेयरमा देखिएका छन् भने ऋचा उनकी श्रीमती...
गायक प्रमोद खरेलको वियोगात्मक म्युजीक भिडियाे सहितकाे नयाँ गीत छाती चिरेर सार्वजनिक भएको छ ।
गीतको भिडियोमा गायक खरेलसँगै नायिका ऋचा शर्माको अभिनय छ । यो वियोगात्मक प्रेम गीतमा प्रमोद व्हील चेयरमा देखिएका छन् भने ऋचा उनकी श्रीमती बनेकी छिन् । निर्देशक गीतको भिडियो दिपक प्रसाद आचार्यको अवरधारणा र निर्देशनमा बनेको हो ।
हरि लम्सालको संगीत रहेको यो गीत गायक खरेलले आफ्नो युट्युब च्यानल मार्फत सोमबार सार्वजनिक गरेका हुन् । यो गीतको भिडियोमा सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन । भिडियो, संगीत र गायन राम्रो भएको मानिएको यो गीतलाई केहीले गायक खरेलकै उत्कृष्ट गीतसमेत भनेका छन् ।