सिन्धुलीको भूमिहीनको पीडा

सिन्धुलीको भूमिहीनको पीडा

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ ११ गते बिहिबार ०४:३७

चैत महिनाको आधाआधि भएको थियो । एउटा बुढो अनुहार र सेतै कपाल फूलेका ७० बर्षका हरिबहादुर कार्की टन्टलापुर घाममा हिँड्दै थिए । धम्कीको व्यथा भएकाले उनी खास हिँड्न सक्दैनन् । उसो त उमेर पनि बुढो भैसक्यो । उनी चिया बेचेको पैसाले अटो...

चैत महिनाको आधाआधि भएको थियो । एउटा बुढो अनुहार र सेतै कपाल फूलेका ७० बर्षका हरिबहादुर कार्की टन्टलापुर घाममा हिँड्दै थिए । धम्कीको व्यथा भएकाले उनी खास हिँड्न सक्दैनन् । उसो त उमेर पनि बुढो भैसक्यो । उनी चिया बेचेको पैसाले अटो चढेर विभिन्न ठाउँमा धाउँदाधाउँदा हैरान भैसकेका थिए । उनी यसरी धाउन थालेका ४ बर्ष वितिसकेको छ । तर कतै बाट पनि उनको समस्या समाधान भएन । उनले यो सरकारले केहि गदैन भनेर आश मारेर बसेका थिए । उनको घरमा ३ छोरा ३ र श्रीमान श्रीमती गरी ८ जनाको परिवार छ । गाउँका छिमेकीहरुले दिगो समाधानले भूमिहिको काम गर्छ भनेर वडा सर्जमिन मुचुल्का र नागरिकता फोटोकपी उनको हातमा लिएर आएका थिए ।

उनी २०३९ सालमा दोलखाबाट काम गर्नको लागि सिन्धुली आए । दाजुभाइले मुद्धा गरे पछि मैले अंश नलिकन गाउँ छाडे । बाबुको जग्गा जमिन पनि कम थियो । दाजु भाइसँग मुद्धा गर्नु भन्दा म काम गरेर खान्छु भनेर हिडेका थिएँ । हालको सिन्धुलीको २ नम्बर बजारमा बसेको थिए । २०४१ सालमा बाढी आए पछि मेरो सानो झुपडी बगायो । म दुई पटक सुकुम्बासी भएँ । एक पटक दाजुभाइसँग मुद्धा हारेर अर्को पटक बाढिले बगाएर । माझी बस्ति नजिक जति बेला बस्ति नै थिएन । सुनशान थियो । सडक भएका कारण किनारमा झुपडी बनाएर मोर कप चिया बेच्ने गर्दथे । सडक छेउमा बसेर चिया बेचेको बेलमा प्रति महिना ३० रुपैयाँ तिर्नु पर्ने भयो । जति बेला मोर कप चिया थियो । कसरी ३० रुपैयाँ तिर्नु । आफू सँग केहि पनि थिएन विगत सम्झदै उनी भन्दछन् ।

उनी फेरी दुःख सम्झदै भन्छन् “सडक विभागले मेरो झुपडी पनि भत्काइदियो । म निकै रोए, कराए । धेरै संघर्ष र खर्च गरेँ । पछि मुअब्जा स्वरुप २२ हजार ५ सय पाएँ । त्यसमा पनि आधा जस्तो धाउँदाधाउँदा नै सकियो । उपय केहि थिएन । बन छेउको जग्गामा छाप्रो बनाए । बनको डेफु साहेब आएर रिसाउनुभयो । त्यति बेला दिउस घर बनाउन पाइदैनथ्यो । श्रीमान् र श्रीमति भएर ९ वटा खामा खाडेर ३ कोठा भएको टायलले छायको एक राते घर बनायौँ । यो काम देखेर चियाखान आउने दंग परे । त्यस पछि चिया पसल छोडेर टायल कारखाना खोले । मलाई बीजुली बत्तिको समस्या भयो । लालपुर्जा नभए पनि प्राधिकरणले एक पटक रकम ढलौटी राखेर विद्युत प्राधिकरणले मिटर बक्स दिने व्यवस्था थियो । त्यस व्यवस्था रु.१ हजार रुँपैया धरौटी तिरेर मिटर बक्स लिएर आए । यसरी दैनिक गजुरा चल्दै थियो । मिति २०७२ साल बैशाख १२ गते आएको भुकम्पले मैले जिन्दगी भर दुःख गरेर जोडेको संरचना ध्वस्त बनायो । जीवनको रंगीन सपना सबै चकनाचुर भयो । तैपनि त्यही भत्केको घरमा आड लिएर टालटुल पारेर परिवार लिएर बसेँ । सरकारबाट राहत वितरण शुरु भयो । मेरो लालपुर्जा नभएको कारण शुरुमा घर सर्वे गर्न कठिन भयो । पछि सर्बे भयो तर अनुदान सम्झौता भएन । धाउँदा धाउँदा बल्लबल्ल अनुदान सम्झौता भयो । नगरपालिका भएकाले नक्शा पासको कुरा आयो । लालपुर्जा नभएको कारण नक्शा बन्न सकेन । मैले दुःखले ऋण गरेर ऐलानी जगमा नै घर बनाए । तर लालपुज नै नभएको कारण अनुदान प्राप्त गर्न सकिरहेको छैन ।”

छोराले मेहनता पढ्यो । जापनिज भाषमा नाम निकाल्यो । अरुको मञ्जुरी नामा लिएर सम्पति विरण पेश गर्न लागेको तर मिलेन । त्यस पछि फेरी लालपुर्जा अभावामा जापान जान पाएन र उ मजदुरी गर्न शहर पसेको छ । तीन बर्ष भयो, भूमिहिनले पनि घर बनाउन अनुदान पाउँ छ भन्ने आशमा बसे । अब त आश पनि मर्न लागिसक्यो । उनको हातामा २ बर्ष पहिला नै बनाएको वडा सिफारिस र सर्जमिन मुचुल्का थियो । जुन कागजपत्र कतै पनि पेश हुन सकिरहेको थिएन । खानेपानीको बील र बीजुली बक्तिको बील थप गरी उनको कागजपत्रको एउटा फाइल बनाएर जिल्ला आयोजना कार्यान्वय इकाई तथा अनुदान व्यस्थापन तथा स्थानिय पूर्वाधार सिन्धुलीमा पेश भएको छ । स्थानिय सरकारले यस्ता गरिब र भूमिहिनलाई प्राथामिकतामा राखेर काम गरे उनीहरुले छिटै न्याय पाउने थिए ।

प्रकाशित मिति ११ भाद्र २०७७, बिहीबार ०४:३७
प्रतिक्रियाहरू