नेपाली सेनामा भर्ना प्रक्रिया पुनः सुरु (सूचनासहित)

नेपाली सेनामा भर्ना प्रक्रिया पुनः सुरु (सूचनासहित)

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज १३ गते मङ्गलबार १०:४६

काठमाडौं : कोरोनाभाइरसका कारण रोकिएको नेपाली सेनाको भर्ना प्रक्रिया पुनः सुचारु गरिएको छ ।नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापन कोरोनाका कारण चैत ६ गते स्थगित गर्ने...

काठमाडौं : कोरोनाभाइरसका कारण रोकिएको नेपाली सेनाको भर्ना प्रक्रिया पुनः सुचारु गरिएको छ ।नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापन कोरोनाका कारण चैत ६ गते स्थगित गर्ने निर्णय गरेकोमा मंगलबार एक सूचना प्रकाशित गरेर पुनः सुचारु गरिएको जानकारी दिएको हो ।

यस्तै भर्ना छनौटसम्बन्धी विस्तृत जानकारी सेनाको वेबसाइटका साथै सेनाकै मोबाइल एप्स ‘नेपाली आर्मी’ मा हेर्न सकिने छ । यस्तै लोकसेवा आयोगको वेबसाइटमा समेत हेर्न सकिनेछ ।

सेनाले थप जानकारी लिनु परेमा भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागको सम्पर्क नम्बर ४२४६९५० वा मोबाइल नम्बर ९८६३०३१५६१सम्पर्क गर्न समेत सूचीत गरेको छ ।

प्रकाशित मिति १३ आश्विन २०७७, मंगलवार १०:४६
प्रतिक्रियाहरू