श्रीमतीले फर्किन नमानेपछि युवकले ससुराली घरअगाडि लगाए आफ्नै शरीरमा आ’गो

श्रीमतीले फर्किन नमानेपछि युवकले ससुराली घरअगाडि लगाए आफ्नै शरीरमा आ’गो

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज १३ गते मङ्गलबार ०६:५४

भारतको मेरठस्थित लक्खीपुराका एक युवकले ससुराली घरअगाडि आफ्नो शरीरमा आ’गो लगाएका छन्। युवकले यसो गर्नुको कारण केही दिनदेखि पत्नीसँग वि’वाद चलिरहेको र पत्नी माइत गएको र लिन जाँदा पनि पत्नी माइतबाट घर फर्किन नमानेकोले युवकले आफ्नै...

भारतको मेरठस्थित लक्खीपुराका एक युवकले ससुराली घरअगाडि आफ्नो शरीरमा आ’गो लगाएका छन्। युवकले यसो गर्नुको कारण केही दिनदेखि पत्नीसँग वि’वाद चलिरहेको र पत्नी माइत गएको र लिन जाँदा पनि पत्नी माइतबाट घर फर्किन नमानेकोले युवकले आफ्नै शरीरमा आ’गो लगाएर आत्मह’त्या गर्ने प्र’यास गरेको बताइएको छ।

घ’टनापछि परिवारजनले युवकको शरीरमा पानी खन्याएर आगो निभाएका थिए। र लगत्तै युवकलाई अ’स्पताल पुर्याइएको थियो। युवकको हालत ग’म्भीर रहेको र अ’स्पतालमा उपचार चलिरहेको बताइएको छ।

घ’टनाको जानकारी पाएलगत्तै पुलिस घ’टनास्थलमा पुगेको थियो र यस मा’मिलाको जाँच सुरु गरेको थियो। पुलिसका अनुसार, ४ महिना पहिले साहिल र शाइस्ताको विहे भएको थियो। १५ दिन पहिले मा’रपिट गरेको र दाइजो मागेको आ’रोपमा शाइस्ताले पति र उनका परिवारविरुद्ध पुलिस के’स गरेकी थिइन्।

त्यसपछि शाइस्ताका बाबा आमाले उनलाई माइतीमै लिएर राखे। आइतबार पत्नीलाई लिन साहिल ससुराली पुगे। तर पत्नीले घर फर्किन इन्कार गरेपछि युवकले आफ्नो शरीरमा आगो लगाएर आत्मह’त्या गर्ने प्रयास गरेको बताइएको छ। सोधपुछका लागि पति पत्नी दुबैलाई हि’रासतमा राखिएको छ।

प्रकाशित मिति १३ आश्विन २०७७, मंगलवार ०६:५४
प्रतिक्रियाहरू