नेपालमा काराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या ४ सय ८१ पुगेको छ । यो मृत्युदर संक्रमितहुनेहरुबाट शून्य दशमलव ६५ प्रतिशत हो ।
गत २४ घण्टामा देशभर ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा २ जना पुरुष र २ जना महिला रहेका छन् ।
जसमा सुनसरीकी ३८ वर्षीया महिला र भक्तपुरकी ५१ बर्षीया महिलाको मृत्यु भएको छ । त्यसैगरी बाँकेका ४७ वर्षीय पुरुष र गुल्मीका ३४ वर्षीय पुरुषको पनि संक्रमणबाट मृत्यु भएको छ ।
प्रकाशित मिति १३ आश्विन २०७७, मंगलवार ०६:४३