इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुल विजयी भएको छ । सोमबार रातिको खेलमा लिभरपुलले आर्सनललाई ३-१ ले पराजित गरेको हो । खेलको सुरुमा आर्सनलले अग्रता लिए पनि लिभरपुल विजयी भएको छ।
आर्सनलका लाकाज्टेले खेलको २५ औं मिनेटमै गोल गरेका थिए। उनको पहिलो गोलले टिमलाई उत्साहित बनाए पनि त्यो जितका लागि पर्याप्त भएन ।
आर्सनलले गोल गरेको तीन मिनेटमै लिभरपुलका मानेले खेलको २८ औं मिनेटमा गोल गर्दै खेलमा १-१ बराबरी बनाए । त्यस्तै खेलको ३४ मिनेटमा रोबर्टसनले गोल गर्दै खेलको नतिजा उल्टाएर पहिलो हाफमा २-१ को अन्तर बनाए ।
दोस्रो हाफमासमेत आर्सनलमाथि हाबी भएको लिभरपुलका लागि खेलको ८८ औं मिनेटमा जोटाले गोल गर्दै खेल ३-१ को शानदार जित निश्चित गरे ।
लिगकै अर्को खेलमा एस्टन भिल्ला विजयी भएको छ । राति भएको खेलमा एस्टन भिल्लाले फुलहमलाई ३ शून्य गोल अन्तरले हराएको हो । एस्टनभिल्लाको जितमा ग्रियलिस, हौरिह्यान र मिङस्ले गोल गरे ।
फरक धार
प्रकाशित मिति १३ आश्विन २०७७, मंगलवार ०६:११