बसकाे ठक्करबाट दुधे बालकसहित श्रीमान्, श्रीमतिको मृ’त्यु

बसकाे ठक्करबाट दुधे बालकसहित श्रीमान्, श्रीमतिको मृ’त्यु

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज १२ गते सोमबार ०५:४९

महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडकमा बसले स्कु’टरलाई ठ’क्कर दिँदा एकै परिवारका तीनजनाको घ’टनास्थलमै मृ’त्यु भएको छ । सिन्धुलीबाट धनगढी तर्फजाँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले आइतबार साँझ पौने ५ बजे विपरित दिशाबाट...

महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडकमा बसले स्कु’टरलाई ठ’क्कर दिँदा एकै परिवारका तीनजनाको घ’टनास्थलमै मृ’त्यु भएको छ । सिन्धुलीबाट धनगढी तर्फजाँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले आइतबार साँझ पौने ५ बजे विपरित दिशाबाट आइरहेको २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ दुधौरा खोला नजिक ठ’क्कर दिँदा सो घ’टना भएको हो ।

घ’टनामा निजगढ नगरपालिका वडा नम्बर–१० लाल टोल बस्ने श्रीमान्, श्रीमति र दश महिने छोराको मृ’त्यु भएको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख श्याम मुकार महतोले बताउनुभयो । मृ’त्यु हुनेमा निजगढ नगरपालिका वडा नं.–१० लाल बस्ने स्कुटी चालक २६ वर्षीय तीर्थमान स्याङ्गतान, निजका २५ वर्षीया श्रीमति ज्योति स्याङ्गतान र उहाँको दश महिने छोरा आहान स्याङ्गतानको रहेकाे उहाँले जानकारी दिनुभयो ।

ठ’क्कर दिने बसका चालक फ’रार रहेका छन् भने दु’र्घटना भएका सवारी साधन ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रशासन प्रमुख प्रहरी नायब उपरीक्षक सुरेन्द्र कोईरालाले बताउनुभयो ।दुबै सवारी तीब्र गतिमा आउँदै गरेको तथा स्कुटीले ओभरटेक गर्ने क्रममा सो दु’र्घटना हुन गएको खु’लेकोमा यसबारे अ’नुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक कोईरालाले जानकारी दिनुभयो । गोरखापत्र अनलाइन

प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार ०५:४९
प्रतिक्रियाहरू