नेपालमा भलिवलकाे इतिहास

नेपालमा भलिवलकाे इतिहास

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ ११ गते बिहिबार ०२:४९

नेपालमा भलिबल खेल वि.स. १९९० सालमा भित्रिएको पाइन्छ । विदेशबाट आएका नेपाली सैनिकहरूले यस खेललाई नेपालमा भित्र्याएको अनुमान गरिन्छ, भने यसको कुनै आधिकारिक तथ्य भने भेटिदैन । तर अहिलेसम्म भेटिएका प्रमाणहरू मध्ये वि.स. १९९९ तिर त्रि-चन्द्र...

नेपालमा भलिबल खेल वि.स. १९९० सालमा भित्रिएको पाइन्छ । विदेशबाट आएका नेपाली सैनिकहरूले यस खेललाई नेपालमा भित्र्याएको अनुमान गरिन्छ, भने यसको कुनै आधिकारिक तथ्य भने भेटिदैन । तर अहिलेसम्म भेटिएका प्रमाणहरू मध्ये वि.स. १९९९ तिर त्रि-चन्द्र कलेजमा विद्यार्थीहरूले कक्षाको समूह बनाएर भलिबल खेल खेलेको अभिलेख भेट्टिएको छ । तर सैनिकहरूले भित्र्याएको खेल कलेजका छात्र भन्दा पहिला सैनिकहरूले नै खेलेको भन्ने मत पनि रहेको छ ।

अन्तर्राष्ट्रिय सहभागीता
वि.स. २०३३ सालमा नेपाल भलिबल संघको स्थापना भएको पहिलो वर्षमै पहिलोपटक नेपालले अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागीता जनाएको थियो । पाकिस्तानमा आयोजना भएको काइदो अजम मोहम्मद अलि अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागीतामा नेपालको प्रदर्शन सन्तोषजनक भएता पनि उल्लेखनिय भने हुन सकेको थियो । नेपालले एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद तथा अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए पनि त्यति उपलब्धि हासिल गर्न भने सकेको छैन ।

एसियाली खेलकुद
नेपाली राष्ट्रिय भलिबल टिमले एसियाली खेलकुदमा सहभागीता जनाउदै आए पनि सहभागीता सहभागीतामा मात्र सिमित भएको छ, तर कुनै पनि उल्लेखनीय प्रदर्शनी भने गर्न सकेको छैन ।

२०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा लामो समयपछि सहभागीता जनाएको नेपाली पुरूष टिमले विदेशी प्रशिक्षकको साथमा प्रशिकक्षण गरेको थियो । त्यसैले नेपालले उक्त संस्करणमा आफ्नो खेल सुधारेर प्रस्तुत गर्ने अवसर प्राय गरेको थियो ।

दक्षिण एसियाली खेलकुद
दक्षिण एसियाली खेलकुदको भलिबल विधामा नेपाली टोलिलाई हेर्ने हो भने पुरूष भन्दा महिला टिमनै ज्यादा सफल तथा उत्कृष्ट रहेको छ । किनभने नेपाली राष्ट्रिय पुरूष भलिबल टिमले दक्षिण एसियाली खेलकुदको भलिबल प्रतियोगितामा अहिलेसम्म दोस्रो चरणमा आफ्नो स्थान बनाउन सफल भएको छैन । तर नेपाली महिला टिमले भने दक्षिण एसियाली खेलकुदमा पदक जिति सकेको छ । पहिलोपटक आठौं दक्षिण एसियाली खेलकुदमा नेपाली महिला टिमले काश्य पदक प्राप्त गर्न सफल भएको थियो ।

सेन्ट्रोन जोन अन्तर्राष्ट्रिय प्रतियोगिता
सेन्ट्रोन जोन अन्तर्राष्ट्रिय प्रतियोगिता नेपाली राष्ट्रिय पुरूष भलिबल टिमले अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा ऐतिहासिक सफलता हात पारेको प्रतियोगिता हो । २०१६ मा माल्दिभ्समा आयोजना भएको यस प्रतियोगितामा नेपालले पहिलोपटक ऐतिहासिक काश्यपदक प्राप्त गर्न सफल भएको थियो । भने त्यसपछिको २०१८ संस्करणको पनि नेपालले आयोजना गरेको थियो ।

घरेलुु प्रतियोगिताहरू
स्वदेश भित्र भने वि.स. २०३० साल देखिनै पुरूषहरूको राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना भएको थियो । उक्त पहिलो संस्करणको प्रतियोगितामा वाग्मती अञ्चल प्रथम र गण्डकी अञ्चल द्वितीय हुन सफल भएको थियो । यस्तै महिलाहरूको राष्ट्रिय प्रतियोगिता भने वि.स. २०३७ सालमा आयोजना गरिएको थियो । जसमा वाग्मती अञ्चल प्रथम र गण्डकी अञ्चल दोस्रो भएको थियो ।

हाल नेपालमा विगतका तुलनामा स्तरीय प्रतियोगिताहरू आयोजना हुँदै जाने क्रम रहेको छ । प्राय नेपालको सम्पुर्ण जिल्लाहरूमा भलिबलका प्रतियोगिताहरू आयोजना सञ्चालन भइरहेको छ । भने राष्ट्रिय स्तरमा पनि अनेक महिला तथा पुरूष भलिबल प्रतियोगिताहरू आयोजना हुने गर्दछन् । नेपालको पहिलो राष्ट्रिय खेलकुद देखिनै भलिबल खेल उक्त प्रतियोगितामा समावेश गरिएको थियो । हाल सम्म आउदा नेपालमा पनि भलिबल खेल प्रतियोगिता लिग तथा दोहोरो लिग प्रणालीका प्रतियोगितामा समेत आयोजना हुन थालिसकेको छ ।

नेपालमा आयोजना हुने केही ठूला भलिबल प्रतियोगिताहरू
राष्ट्रिय खेलकुदमा भलिबल
राष्ट्रिय लिग भलिबल
एनभबिए भलिबल प्रतियोगिता
नेपाल दबल लिग भलिबल प्रतियोगिता

प्रकाशित मिति ११ भाद्र २०७७, बिहीबार ०२:४९
प्रतिक्रियाहरू