चार दिनसम्म पनि उठेन सम्झनाको श’व

चार दिनसम्म पनि उठेन सम्झनाको श’व

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज ११ गते अाईतबार ११:४६

मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्। उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको...

मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्। उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष भयो। सम्झनाले दुईदिनअघि मात्रै भारतमा रहेका बुबाआमासँग कुरा गरेकी थिइन्। उनले यसपालिको दसैंमा घर आउँदा आफूलाई राम्रो लुगा, मोबाइल र झोला ल्याइदिन भनेको उनकी हजुरआमा हासु कामीले बताइन्।

सम्झनाले सामान मागेको हप्तादिन नपुग्दै उनले सधैंका लागि संसार छा’डेकी छन्। बुधबार दिउँसो करिब १२ बजेको थियो। परिवारका तीन बहिनी र हजुरआमा (बज्यै)सँगै बसेर दिउँसोको खाना खाए। यो खाना नै उनको परिवारसँगै बसेर खाएको अन्तिम खाना भयो। घरमा खाना खाएर सम्झना घरभन्दा आधा घण्टा टाढा रहेको गोठमा गएकी थिइन्। तर उनी गोठ नपुग्दै बीच बाटोबाटै अ’पहरणमा परिन। नजिकैको मन्दिरमा लगेर उनको ब’लात्कार पछि ह’त्या भयो।

उनको ह’त्या भएको चार दिन पुगेको छ तर अहिलेसम्म आफन्तले श’व बुझ्न मानेका छैनन्। सम्झनाको श’व चारदिनदेखि जिल्ला अस्पतालमा राखिएको छ। पो’ष्टमार्टम गरिएको भए पनि ह’त्यारा प’त्ता नलगाएर का’रबाही नहुँदासम्म श’व नउठाउने भन्दै पीडित परिवारले स्थानीय प्रशासनमा द’बाब दिँदै आएका छन्।

सम्झनाले घरबाट बोकेर गएको डोको नाम्लो र हँसिया सिम देवताको मन्दिर नजिक भेटिएको थियो। मन्दिरभित्र ब’लात्कारपछि धा’रीलो ह’तियारले टाउको र शरीरमा हा’नेर ह’त्या गरेको अवस्थामा श’व फे’ला परेको थियो। सम्झनाले कानमा लगाएको पाँच आना सुनका गहनासमेत लु’टिएको प्रहरीले बताएको छ। प्रहरीले घ’टनामा सं’लग्न रहेको आ’शंकामा स्थानीय राजेन्द्र बोहरालाई नि’यन्त्रणमा लिएको छ। यो समाचार आजको नागरिक दैनिकमा जगत खड्काले लेखेका छन् ।

प्रकाशित मिति ११ आश्विन २०७७, आईतवार ११:४६
प्रतिक्रियाहरू