अनसनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै

अनसनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज ११ गते अाईतबार १०:२९

चिकित्सा शिक्षाको सुधारका लागि विगत १३ दिन देखि १९ औं पटकको आमरण अनसनमा रहनुभएका डा.गोविन्द केसी यतिबेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसियूमा हुनुहुन्छ । डा.केसीको उपचारमा खटिनुभएका टीमका संयोजक प्रो.डा. सुवास प्रसाद...

चिकित्सा शिक्षाको सुधारका लागि विगत १३ दिन देखि १९ औं पटकको आमरण अनसनमा रहनुभएका डा.गोविन्द केसी यतिबेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसियूमा हुनुहुन्छ ।

डा.केसीको उपचारमा खटिनुभएका टीमका संयोजक प्रो.डा. सुवास प्रसाद आचार्यले दिनुभएको जानकारी अनुसार डा.केसी ४ दिन देखि त्रिवि शिक्षण अस्पतालको आईसियुमा हुनुहुन्छ । उहाँको छाती दुख्ने,बसल बाउडिने, रक्तचाप, मुटुको चाल कम हुनुका साथै उहाँलाई बोल्न समेत गाह्रो भएको छ ।

डा.केसीको अनसन कर्णाली प्रदेशदेखि शुरु भै काठमाडौ सम्म पुग्दाको यात्रा धेरै भएको र यतिबेला कोभिड १९ को संक्रमण बढेको समय भएकोले उहाँको पनि थ्रोट स्वाब संकलन गरि ल्यबामा पठाईएको छ । शनिवार साँझ सम्म रिपोर्ट आईनसकेको डा. आचार्यले बताउँनुभयो ।

उहाँलाई अहिले नर्मल सलायन दिइएको छ । तर उहाँको स्वास्थ्य अवस्था अत्यन्तै गम्भिर बन्दै गएको रगत परिक्षण लगायतका परिक्षणबाट देखिएको पनि डा.आचार्यले जारी गर्नुभएको अस्पताल रिपोर्टमा उल्लेख गरिएको छ ।

उहाँको जीवन बचाएर देश र जनताको चाहना अनुरुपको चिकित्सा शिक्षाको सुधारमा लड्दै आउँनुभएको बिषयमा विभिन्न राजनैतिक दल, संघसंस्था, विज्ञ चिकित्सकहरु, विद्यार्थी, बिरामी, बुद्धिजीविहरुले सरकार समक्ष माग पुरा गर्न जोड दिँदै आएका छन् । नेपाल समाचारपत्र

प्रकाशित मिति ११ आश्विन २०७७, आईतवार १०:२९
प्रतिक्रियाहरू