साधारण मागलाई पूरा गरिदिन डा. गोबिन्द केसीले गरे सरकारसँग यस्ताे आग्रह

साधारण मागलाई पूरा गरिदिन डा. गोबिन्द केसीले गरे सरकारसँग यस्ताे आग्रह

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज १० गते शनिवार ०७:३८

विभिन्न माग राखेर विगत १२ दिनदेखि आमरण अनसनमा बस्नुभएका डा. गोबिन्द केसीले आफ्नो माग पूरा गरिदिन आग्रह गर्नुभएको छ । डा.केसीले शुक्रबार (आज) अनसनस्थलबाटै भिडियो सन्देश जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो साधारण मागलाई...

विभिन्न माग राखेर विगत १२ दिनदेखि आमरण अनसनमा बस्नुभएका डा. गोबिन्द केसीले आफ्नो माग पूरा गरिदिन आग्रह गर्नुभएको छ ।

डा.केसीले शुक्रबार (आज) अनसनस्थलबाटै भिडियो सन्देश जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो साधारण मागलाई पूरा गरिदिन आग्रह गर्नुभएको हो ।

डा. केसीले भिडियोमार्फत् जारी गनुभएको सन्देशमा प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान बनाउने सहमति भएर चिकित्सा शिक्षा अध्यादेशमा आएपनि कार्यान्वयन नभएको बताउनुभएको छ ।

त्यस्तै, उहाँले कर्णाली प्रतिष्ठान खुलेको आठ वर्ष भइसकेपनि एमबीबीएस कार्यक्रम सुरु हुन नसकेको बताउनुभएको छ । त्यस्तै, उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका धेरै फाइलहरु रोकेको जनाउदै आयुक्तहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग पनि गर्नुभएको छ ।

डा. केसीले आफ्नो माग सम्बोधन नभएसम्म आफ्नो सत्याग्रह जारी रहने बताउनुभएको छ । डा. केसीले गत भदौ २९ गते विभिन्न ६ बुँदे माग राखेर जुम्लाको बाबिरामष्ट मन्दिरमा अनशन थाल्नुभएको थियो ।

तर, उहाँको स्वास्थ्यावस्था कमजोर बन्दै गएपछि काठमाडौं ल्याइएको छ । हाल उहाँ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जकोको आकस्मिक कक्षामा अनशनरत हुनुहन्छ ।

प्रकाशित मिति १० आश्विन २०७७, शनिबार ०७:३८
प्रतिक्रियाहरू