दशैंमा घर जाँदै हुनुहुन्छ ? स्वस्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सुचना

दशैंमा घर जाँदै हुनुहुन्छ ? स्वस्थ्य मन्त्रालयले जारी गर्यो यस्तो सुचना

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज ९ गते शुक्रबार १०:५९

नेपालीहरूकाे महान पर्व दशैं नजिकिदै गर्दा कोरोना संक्रमितकाे सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै जान थालेपछकाे छ । सक्रिय संक्रमितकाे संख्या बढिरहदा स्वस्थ्य मन्त्रालयले थप सजगता अपनाउन अनुरोध गरेको छ । पछिल्लो समय दैनिक हजार भन्दा...

नेपालीहरूकाे महान पर्व दशैं नजिकिदै गर्दा कोरोना संक्रमितकाे सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै जान थालेपछकाे छ ।

सक्रिय संक्रमितकाे संख्या बढिरहदा स्वस्थ्य मन्त्रालयले थप सजगता अपनाउन अनुरोध गरेको छ । पछिल्लो समय दैनिक हजार भन्दा माथि संक्रमित भेटिरहेको अवस्थामा थप सजग रहन आग्रह गरेको हो । देशभर २५ हजार भन्दा माथि सक्रिय संक्रमित भएमा पुन: लकडाउन गर्न मन्त्रालयले सिफारिस गरिसकेको छ ।

दशै तिहारकाे बेला एक ठाउँबाट अर्काे ठाउँमा आवतजावत बढ्ने भएकाले कोरोना झनै फैलिन सक्ने भन्दै मन्त्रालयले यो बर्षको दशैं यथास्थानमा मनाउन समेत आग्रह गरेको छ ।

कोरोना सङ्क्रमण फैलिरहेकै बेला अहिले लामो तथा छोटा दुरीका गाडी सञ्चालनमा छन् भने आन्तरिक हवाई उडान पनि सुरु भइसकेको छ । होटेल तथा खाजा घरहरु पनि धमाधम खुलेकाले कोरोनाको जोखिम थप बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

यस्तै दशैँ, तिहार रर छठ जस्ता पर्व नजिकिँदै गएकाले पनि एक ठाउँबाट अर्को ठाउँमा कोरोनाको सङ्क्रमण सजिलै फैलने ख’तरा बढेको उहाँले बताउनुभयो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले निषेधाज्ञा खुलेपछि कोरानाको सङ्क्रमण बढेकोले अब आउँदै गरेका चाड पर्वका कारण अझ सङ्क्रमण फैलन सक्ने बताउनुभयो । उहाँले दशैँ नजिकिँदै गर्दा शहर र घनाबस्तीबाट आफ्नो घरगाँउ जाने क्रम सुरु भइसकेकाले जोखिम बढेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘दशैँमा घर जाँदा कतै बाआमालाई कोरोना कोसेली पो लिएर जाँदै छैनौँ ?’ दशैँमा आशीर्वाद लिन घर जाँदा कतै कोरोना पनि छ कि भनेर स्वास्थ्य सावधानी अपनाउनु पर्ने उहाँको भनाइ छ । उहाँले गाउँ घरमा रहेका ज्येष्ठ नागरिक, दीर्घ रोगीहरुलाई कोरोनाबाट जोगाउन चुनौती थपिएको पनि बताउनुभयो ।

प्रकाशित मिति ९ आश्विन २०७७, शुक्रबार १०:५९
प्रतिक्रियाहरू