ह्वात्तै घट्यो सुनकाे भाउ

ह्वात्तै घट्यो  सुनकाे भाउ

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज ८ गते बिहिबार ०४:२१

काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ । सोमबार प्रतितोला रु ९७ हजार २०० मा कारोबार भएको छापावाला...

काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ । सोमबार प्रतितोला रु ९७ हजार २०० मा कारोबार भएको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला रु एक हजार ७००, बुधबार रु एक हजार २०० र आज प्रतितोला रु एक हजार २०० ले घटेको छ ।

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८०० कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्यमा पनि प्रतितोला रु ७० ले गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १२० तोकिएको छ ।

प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार १६:२१
प्रतिक्रियाहरू