यी ९ ठाउँमा हुनेछ नेपाल एयरलाइन्सको आन्तरिक उडान, हेर्नुहोस्

यी ९ ठाउँमा हुनेछ नेपाल एयरलाइन्सको आन्तरिक उडान, हेर्नुहोस्

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज ८ गते बिहिबार ०३:५१

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नौ गन्तव्यमा आफ्नो नियमित सेवा आन्तरिक उडानमा प्रारम्भ गरेको जनाएको छ । सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान प्रारम्भ गरिएको कम्पनीले जनाएको...

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नौ गन्तव्यमा आफ्नो नियमित सेवा आन्तरिक उडानमा प्रारम्भ गरेको जनाएको छ ।

सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान प्रारम्भ गरिएको कम्पनीले जनाएको छ । भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगञ्ज, बाजुरा, थामखर्क र फाप्लुमा निगमले नियमित उडानसेवा थालेका हो ।

त्यसमध्ये काठमाडौँबाट सोझै उडानका साथै रुकुम–नेपालगञ्ज, नेपालगञ्ज– जुम्ला, जुम्ला–नेपालगञ्ज, नेपालगञ्ज–रुकुम, नेपालगञ्ज–बाजुरा र बाजुरा–नेपालगञ्जका लागि पनि उडान निर्धारण गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

निगमले यात्रुको चाप र मागलाई ध्यानमा राख्दै कुनै गन्तव्यमा हप्ताको तीन दिन, कतिपय गन्तव्यमा हप्ताको दुई दिन र केही स्थानमा दुई दिन उडान तालिका निर्धारण गरिएको उल्लेख गरेको छ ।

प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार १५:५१
प्रतिक्रियाहरू