भनेको बेलामा पाठ्यपुस्तक समेत नपुग्ने ठाउँमा अनलाइन कक्षा आकाशको फल जस्तै हो – विष्णु गुरागाईँ

भनेको बेलामा  पाठ्यपुस्तक समेत नपुग्ने ठाउँमा अनलाइन कक्षा आकाशको फल जस्तै हो – विष्णु गुरागाईँ

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १० गते बुधबार ०९:४३

चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको महामारी यतिबेला नेपालमा तीब्र गतिमा फैलिरहेको छ । जसको कारणले देशको आर्थिक अवस्थादेखि लिएर विद्यार्थीहरूको दैनिक जीवनमा पनि नकारात्मक अवस्था देखा परिरहेको छ । अघिपछि विद्यालय जान...

चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको महामारी यतिबेला नेपालमा तीब्र गतिमा फैलिरहेको छ । जसको कारणले देशको आर्थिक अवस्थादेखि लिएर विद्यार्थीहरूको दैनिक जीवनमा पनि नकारात्मक अवस्था देखा परिरहेको छ । अघिपछि विद्यालय जान मन नपराउने बालबालिकाहरु यतिबेला आफैँ विद्यालय जानका लागि इच्छुक देखिन्छ । हुन केही विद्यालयहरुले अनलाइन क्लास पनि दिइरहेका छन् । तर त्यसको पहुँच कति सम्म छ त ? कति विद्यार्थीहरु अनलाइनको पहुँचमा छन् त भन्ने कुरा सरकारले ध्यान दिन जरुरी रहेको छ । कोरोनाको बेलामा स्कुल नगई घरमा बसेका विद्यार्थी गणेश गुरागाइँसँग लिएको एक अन्तर्वाता

गणेशजी यहाँलाई मयुर टाइम्समा स्वागत छ ।
धेरैधेरै धन्यावाद ।

कसरी विताउँदै हुनुहुन्छ दिनहरु ?
केही छैन । गाउँ घरमा खेतीपातीको काम गर्छु । बचेको समयमा नेट चलाउँछु । अलिअलि समाचार पढ्छु । बुबाआमालाई सघाउँछु । विद्यालय जाँदा साथीहरुसँग बढी समय विताइन्थ्यो । अहिले घर परिवारमा नै बढी समय विताउन थालेको छु ।

अहिलेको समयमा लकडाउन छ । सरकारले कोरोना महामारी रोक्नको लागि लड डाउन आवश्कता छ त ?
देशमा महामारी फैलिरको छ । यस बेलामा जनताको सुरक्षाको लागि लक डाउन गर्नु ठिकै हो । तर लक मात्र समस्याको समाधान होइन । लकडाउन बाहेक अन्य धेरै विकल्पहरु रहेका छन् । महामारीको समयमा दैनिक ज्याला गरेर खाने मजदुरहरु मारमा परेका छन् । तर सरकारले कहिल्यै पनि वास्ता गरेको देखिदैँन । सरकार सधैँभरि आफ्नै पार्टीभित्र वा सत्ताभित्र रुमलिएर बसेको छ । अहिलेको समयमा यो देशमा पनि सरकार छ भन्ने कुरामा मलाई त विश्वास लाग्दैन । लकडाउनले दिनप्रति दिन मानसिक रोगीको पनि संख्या बढिरहेको छ । त्यसकारण लकडाउन मा समस्याको समाधान होइन ।

विद्यालय जान नपाउँदा कस्तो लाग्छ ? अनलाइन कक्षाको बारेमा तपाइकाे धारणा के कस्तो रहेको छ ?
मलाई लाग्छ नेपालमा हरेक कुरा र सुविधा पहुँचवालाहरुको लागि मात्रै हो । सामान्य मानिसले सम्वृद्ध भएर बाँच्ने कुनै पनि अधिकार छैन । मानौँ, हाम्रो आँखाले कुनै पनि सपना देख्दैन । भनेको बेलामा पाठ्यपुस्तक समेत नपुग्नु एकदम दुभाग्यपूर्ण अवस्था रहेको यो देशमा अनलाइन क्लास निम्नवर्गीय विद्यार्थीका लागि आकाशको फल हेरेर चित बुझाउनु जस्तै हो ।

तपाईँले लकडाउन अवधिमा के के काम गर्नुभयो ?
मैले यो समयलाई अवसरको रुपमा हेरेँ । आफ्नो परिवारसँग बसेर मनको कुरा साटसाट गर्दै छलफल गर्दै समय विताइयो । हिउँदे धान काट्ने, गहुँ छर्ने, खेत खन्ने लगायतका धेरै कार्यहरु यस लकडाउनको समयमा गरियो ।

तपाइ पढ्दै गरेको मान्छे तपाइँलाई कृषि कार्य गर्दा कस्तो अनुभूति भयो ?
लकडाउनले धेरैलाई धेरै कुरा सिकायो । त्यसै क्रममा मैले पनि धेरै कुरा सिक्ने अवसर पाएँ । मानिसहरु जति प्रगतिशील भएपनि अन्तमा कृषिमा नै निर्भर हुनुपर्ने रैछ भन्ने लाग्छ । अबको समय भनेको कृषि क्रान्तिको समय हो । नेपालमा कृषि नै अबको सम्भावना हो जस्तो लाग्छ । हामी विदेशमा गएर जति पनि काम गर्न तयार रहन्छौँ तर नेपालमा त्यही काम गर्नको लागि लाज लाग्छ । त्यही कारणले हामी पछाडि परेको जस्तो अनुभव मलाई भएको छ ।

प्रकाशित मिति १० भाद्र २०७७, बुधबार ०९:४३
प्रतिक्रियाहरू