जुत्ता, चप्पल सिलाउने सियोले मन सिलाउन सकेन

जुत्ता, चप्पल सिलाउने सियोले मन सिलाउन सकेन

सुभद्रा ढकाल

@Mayur Times

२०७७ असोज ८ गते बिहिबार ०३:४०

तपार्इँलाई कहिल्यै पनि यो पेश गरेकोमा पछुतो छ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘भएर पनि के गर्नु । मेरो जवानीको रंगीन उर्जा, र बुढेशकालको शिथिलता पनि यही काममा जोडिएको छ । कतिपय कामहरु मन नलागी नगाली पनि गर्नु पर्दो रहेछ । सबै काममा खुसी कहाँ मिल्छ र नानी । मैले काम नगरेको परिवारको अर्को विकल्प थिएन । मैले बाँच्नको लागि र परिवारलाई खुसी राख्न बाध्य भएर यो काम गर्नुप¥यो ।

कोठाबाट बाहिर ननिस्किएको एक हप्ता बितेछ । अचेलको दैनिकी निकै पीडादायी हुन्छ मेरो । बोल्ने साथी समेत हुँदैनन् । कहिलेकाहिँ ल्यापटपसँग मनको पीडा पोख्छु, मोवाइलसँग वेदना साट्छु ।
त्यस दिन बाहिर ठुलो पानी परेको थियो । कोठामा एक्लै थिएँ । शन्तमाया बहिनी आएर भनी, ‘टीयुसम्म जाऊँ न दिदी । ’
त्रिभुवन विश्वद्यालय मेरो मनपर्ने ठाउँ मध्यको पहिलो नम्बरमा पर्छ । कीर्तिपुर बस्नका लागि मैले वानेश्वरको भव्य सहर छोडेर आएकी थिएँ । त्यसकारण मैले उनको कुरालाई तत्कालै स्वीकार गरेँ । एकैछिनमा ठुलो पानी प¥यो । छाता ओढेर पनि हामी भिज्यौँ ।
बहिनीले भनी, ‘छाता र नाता सधैँ जोगाउनुपर्छ है दिदी ।’
उसको कुरामा मैले आफ्नै किसिमको लजिक लगाएँ । उसले मेरो तर्क मख्ख परेर सुनी ।
मैले बहिनीलाई प्राय ः प्रगतिशील कुरा सिकाउँछु । जीवन र जगतको जानेजति व्याख्या गर्छु । हामीले ओशोदेखि विकाशानन्द , रवि लामिछानेदेखि ऋषि धमला, नरेन्द्र मोदीदेखि केपी ओली सबैको बहस गर्न भ्याउँछौ । उ मख्ख परेर मेरो कुरा सुन्छे । मेरो अनुहार हेरेर मुस्कुराउँछे । म उसको दुख बुझ्छु । उ मेरो वेदना बुझ्छे ।
कीर्तिपुरको गुम्बा नेर पुगेपछि मेरो चप्पल चुँडियो । अक्सर धेरै पटक जिन्दगी चुडिएर पनि सिलाउने असफल प्रयास गरिरहेको छु ।
बहिनीले भनी, ‘नयाँ चप्पल किनौँ न दिदी ।’
मलाई अचेल नयाँ कुराको खास भरोसा लाग्दैन । हरेक कुरा नयाँमा सुन्दर देखिन्छन् । पुरानो हुँदै गएपछिको कुरुपताको बयान म यहाँ गर्न सक्दिनँ ।
उसले जबरजस्ती गरेपछि एउटा चप्पल किनेँ । फेरि चुँडिने डर भयो । त्यसकारण हामी सिलाउनका लागि चप्पल बोकेर एउटा पसलमा पुग्याँै ।
पसलमा एउटा बुढो अनुहार थियो । पसलभरी नयाँ पुराना जुत्ता । हातमा सियो । उनको हातले कतिको जुत्ता, चप्पल सिइए होलान्, मैले कल्पना गरेँ ।


‘बाजे चप्पल सिलाएको कति लिनुहुन्छ ?’
‘१०० रुपैयाँ । ’
‘८० मा सिलाइदिनुहोस् न ।’ मेरो नेपाली दिमाग चलिहाल्यो ।
उनले भने, ‘८० मा त सक्दिनँ ।’
मेरो पनि अर्को अप्सन थिएन भनेँ, ‘ल ठीक छ, उसो भा १०० दिन्छु ।’
उनले जुता सिलाउन थाले । म र शन्तमाया बहिनी कुर्सीमा बसेर हेरिरह्यौँ ।
मेरो लेखक मन सानो कुरामा भावुक बन्छ । म प्राय बुढाबुढी, केटाकेटी र जनावारलाई औधी प्रेम गर्छु ।
मैले उनलाई भनेँ , ‘बुबा जुत्ता सिलाउन थाल्नुभएको कति समय भयो ?’
मैले प्रश्न गर्न नपाउँदै उनका गह भरिए । म नतमस्तक भएँ । प्रश्न सोधेको पछुतो लाग्यो ।
उनले आँखाभरि आँसु बनाउँदै भने, ‘चालिस वर्ष ।’
चालिस वर्षको भनेको सानो समय होइन ।
चालिस वर्ष जुता सिलाउँदा हजुरको जिन्दगीमा के के प्रगति भए ?
‘खान लगाउन पुग्यो । थप केही गर्न सकिनँ । जुत्ता सिलाएर नै परिवार धानेँ । छोराछोरी पढाएँ । समाजिक भएर बाचेँ । जीवन भन्नु यति नै त रैछ नि नानी ।’ उनले भने ।

तपार्इँलाई कहिल्यै पनि यो पेश गरेकोमा पछुतो छ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘भएर पनि के गर्नु । मेरो जवानीको रंगीन उर्जा, र बुढेशकालको शिथिलता पनि यही काममा जोडिएको छ । कतिपय कामहरु मन नलागी नगाली पनि गर्नु पर्दो रहेछ । सबै काममा खुसी कहाँ मिल्छ र नानी । मैले काम नगरेको भए परिवारको अर्को विकल्प थिएन । मैले बाँच्नको लागि र परिवारलाई खुसी राख्न बाध्य भएर यो काम गर्नुप¥यो ।
घरमा कोको हुनुहुन्छ नि ?
श्रीमतीले १६ वर्ष अगाडि बितेर गइ । अहिले म ६९ वर्षको भएँ । मैले यो पेशाबाट नै घर धानेको छु । लक डाउनको कारणले छोराहरुको कमाइ छैन । घरमा बसेर खाना लाउन गाह्रो भएपछि यहाँ आएको छु भन्दा मेरो मन चर्कियो ।

उनले फेरि भने, यो पेशामा मैले धेरै दुःख भोगेको छु । सुरुसुरुका दिनमा त सबैले हेँलाको दृष्टिले हेर्ने गरेका थिए । अहिले ठिकै छ । कतिले त नयाँ जुता लिएर भाग्छन् । कतिले जुत्ता सिलाएको पैसा नै दिदैँनन् । उनी भन्दै गए । हामी सुन्दै गयौँ । उनका आँखाबाट बगेको आँसु रोकिएन । मैले थप प्रश्न गर्न सकिनँ ।

प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार १५:४०
प्रतिक्रियाहरू
आचार्य दम्पतीले जिते कोरोना

आचार्य दम्पतीले जिते कोरोना
२०७७ कार्तिक ६ गते बिहिबार ०८:२०

भोलिबाट कोरोना  मिडिया ब्रिफिङ बन्द हुने

भोलिबाट कोरोना मिडिया ब्रिफिङ बन्द हुने
२०७७ कार्तिक ६ गते बिहिबार ०८:०८

ताेकियाे कक्षा १२ को परिक्षा मिति

ताेकियाे कक्षा १२ को परिक्षा मिति
२०७७ कार्तिक ५ गते बुधबार ०६:४९

बझाङमा जिप दुर्घटना

बझाङमा जिप दुर्घटना
२०७७ असोज ३० गते शुक्रबार ०१:३३