ओखलढुुंगामा थप ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । गत सोमबार जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका ३१ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणमा पठाइएकामध्ये बिहीबार (आज) थप ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यसअघि जिल्लामा कोरोना पोजेटिभ देखिएका जनप्रतिनिधि,राजनीतिज्ञ तथा पत्रकारसहित उनीहरुको सम्पर्कमा आएका ३० जना र अन्य ३१ जनाको थ्रोट स्वाब परिक्षणमा पठईएको थियाे । जसमध्ये नयाँ ६ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।
यसअघि कोरोना पोजेटिभ देखिएका ३० मध्ये चार जनाको भने दास्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । अन्य २६ जनाले कोरोनालाई जित्न सफल भएको स्वास्थ्य प्रमुख तिवारीको भनाइ छ ।
नयाँ संक्रमितमध्ये धनुषा तथा महोत्तरीबाट आएका केही प्रहरी र केही सर्वसाधारण रहेका छन् । उनीहरुलाई थप उपचारका लागि आईसोलेसन सेन्टरमा लैजाने तयारी भैरहेको तिवरीको भनाई छ ।
हाल जिल्लामा ११ जना सक्रिय संक्रमित छन् । उनीहरुको रुम्जाटार र ओखलढुंगा सामुदायिक अस्पतालको आईसोलेसन सेन्टरमा उपचार भैरहेको छ । जिल्लामा बिहीबारसम्म कोरोना संक्रमितको संख्या ६५ पुगेको छ । यीमध्ये ५४ जना विभिन्न समयमा उपचारपछि डिस्चार्ज भएका छन् ।
news 24
प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार १३:१४