सुनसान देखिएको गोदावरी

सुनसान देखिएको गोदावरी

मयूर टाइम्स

@Mayur Times

२०७७ साउन २५ गते अाईतबार ०८:३७

देश तथा विदेशका पर्यटकको आकर्षणको केन्द्रको रुपमा रहेको गोदावरी यतिवेला सुनसान देखिन्छ । पर्यटकहरुको खासै चहलपहल नभएको राष्ट्रिय बनस्पति उद्यानका गेट पाले रामसाहिँला तामाङ बताउँछन् । उनी भन्छन् ‘देशमा लक डाउन भएसँगै यहाँको...

देश तथा विदेशका पर्यटकको आकर्षणको केन्द्रको रुपमा रहेको गोदावरी यतिवेला सुनसान देखिन्छ । पर्यटकहरुको खासै चहलपहल नभएको राष्ट्रिय बनस्पति उद्यानका गेट पाले रामसाहिँला तामाङ बताउँछन् । उनी भन्छन् ‘देशमा लक डाउन भएसँगै यहाँको उद्यान पनि बन्द भयो । बन्द भएको केही समय मान्छेहरु आएनन् । यहाँ बस्न पनि सजिलो भयो । पछि लकडाउन सामान्य भएपछि केही मानिहरु आएर आफूलाई दुःख दिन्छन् ।’

उनले भने, अहिले लक डाउन खुलेको अवस्थामा मलाई निकै समस्या भएको छ । टाढाटाढाबाट मानिसहरु घुम्न आउँछन् । भित्र जान दिनका लागि अनुरोध पनि गर्छन् । आफूले सरकारको नुनपानी खाएर बसेको छु । आउने मानिसको पीडा हेर्नुकी आफ्नो नुनको सोझो गर्नु ? कहिलेकाहिँ त आफूलाई नै दिक्क लाग्छ । कतिपय अवस्थामा टाढाको मान्छे आएर हामीलाई भित्र जान देउ भन्दा उल्टै थर्काउँछन् । हामी टाढादेखि यही घुम्नको लागि आएको हो । जसरी पनि जान देउ भनेर थर्काउँछन् । मिल्दैन भनेपनि जबरजस्ती गर्न खोज्छन्, पुलिसलाई भनिदिन्छु भन्दा पनि भन्दे भनेर गाली गर्छन् ।’ कुरा गरिरहँदा उनको आँखा निरास देखिन्थ्यो ।

अहिले गोदावरीमा आन्तरिक तथा वाह्य पर्यटकको लागि बन्द गरिएतापनि त्यहाँका कर्मचारीहरुले निरन्तर रुपमा काम गरिरहेका छन् । घुम्न आउने मानिसहरु त्यहाँको बातावरण र चराको मधुर आवाज सुनेर फर्कन्छन् । सरकारको निर्णय नआउन्जेल सम्म उद्यान बन्द रहने राम साहिँला तामाङ बताउँछन् ।

प्रकाशित मिति २५ श्रावण २०७७, आईतवार ०८:३७
प्रतिक्रियाहरू