लोकसेवा परीक्षा पास गर्ने तरिकाबारे पूर्वसचिव सुवेदी भन्छन्, ‘धेरै पुस्तकहरु नपढ्नुहोस्।'(भिडियोसहित)

लोकसेवा परीक्षा पास गर्ने तरिकाबारे पूर्वसचिव सुवेदी भन्छन्, ‘धेरै पुस्तकहरु नपढ्नुहोस्।'(भिडियोसहित)

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज ७ गते बुधबार ०९:०७

काठमाडौं । तपाईं लोकसेवाको तयारी गर्दै हुनुहुन्छ ? यदि गर्दै हुनुहुन्छ भने तपाईंका लागि यो टिप्स अति नै उपयोगी हुनेछ । प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लामो समय अर्थ मन्त्रालयको सचिव भएर अवकास पाएका ट्यालेन्ट...

काठमाडौं । तपाईं लोकसेवाको तयारी गर्दै हुनुहुन्छ ? यदि गर्दै हुनुहुन्छ भने तपाईंका लागि यो टिप्स अति नै उपयोगी हुनेछ । प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लामो समय अर्थ मन्त्रालयको सचिव भएर अवकास पाएका ट्यालेन्ट शान्तराज सुवेदीको टिप्स पढ्नुहोस् । उनले कस्ता प्रश्न आउँछन्, कस्तो तयारी गर्ने, परिक्षामा कसरी लेख्ने र कसरी अन्तर्वार्ता दिएर सरकारी जागिर खान सफल हुने भनेर तपाईं हामी सबैलाई सिकाएका छन् ।

अर्थसचिवबाट २०७४ कात्तिक २ गते अवकास पाए सुवेदी अहिले लोकसेवा आयोगको प्रश्न बनाउने र कापी जाँच्ने काममा सक्रिय छन् । जसकारण उनले दिएको टिप्स तपाईंका लागि झनै उपयोगी हुनसक्छ ।

अहिले निजामती सेवामा मात्रै होइन, संस्थान, सुरक्षा निकाय, स्थानीय सबै तहमा लोकसेवा आयोगमार्फत प्रतिष्पर्धाबाटै छानिन्छन् । लोकसेवा आयोग अहिले मात्रै होइन पहिलेदेखि नै आस्थाको केन्द्र रहँदै आएको छ । त्यसकारण लोकसेवा आयोगमा प्रतिष्पर्धा निकै बढी छ । यो निष्पक्ष हुन्छ भन्ने विश्वासका आधारमा आयोगप्रति आस्था पनि कायम छ ।

कसरी पास गर्ने लोकसेवाको परीक्षा ? सुवेदी यस्तो भन्छन्:-

सबैभन्दा पहिला तपाईंमा लोकसेवा आयोगको परीक्षा दिनुभन्दा अघि म मिहेनत गरेर अगाडि बढेँ भने सफल हुन्छ भन्ने विश्वास र भरोसा हुनैपर्छ । लोकसेवा आयोगमार्फत हुने सम्पूर्ण जाँचहरु निष्पक्ष हुन्छन् भनेर विश्वास गर्नुहोस् ।

दोस्रो, लोकसेवा आयोगको परीक्षा र अन्य परीक्षामा फरक हुन्छ । अन्य ठाउँमा ६० प्रतिशत ल्याउने वित्तिकै निकै राम्रो पास मानिन्छ । विद्यार्थी उत्तीर्ण पनि हुन्छन् भने लोकसेवा आयोगमा त्यतिले मात्रै पुग्दैन ।

उदाहरणबाट प्रष्ट हुन्छ, ज्ञापनमा ५ जना माग गरेको छ र ९० ल्याउने ५ जना हुन्छन् भने ८९ अंक ल्याउने फेल हुन्छ । लोकसेवामा नजान्ने पास हुँदैन र जान्ने पनि फेल हुन्छ भनिन्छ । त्यसैले प्रतिष्पर्धा अत्यन्तै बढी हुन्छ । लोकसेवामा उत्तीर्ण हुनका लागि पढ्ने तरिका, पढेको कुरा सम्झने तरिका र लेख्ने तरिका धेरै कोणबाट मिहेनत गर्नुपर्छ ।

तेस्रो तर सबैभन्दा महत्वपूर्ण कुरा विषयवस्तु हो । विषयवस्तुमा पोख्त हुन सकेको अवस्थामा सबैकुरा मिलाउन सकिन्छ । विषयवस्तुमा आफूलाई पोख्त बनाएर सबै विषयलाई व्यवस्थापन गर्न सकियो भने सफल हुन सकिन्छ ।

परीक्षा दिन जानु अगाडि तपाईं आफूले गरेको तयारी उत्तरपुस्तिकामा लेख्न सक्नुपर्छ । र, त्यसमा सही कुरा गर्न सक्नुभयो र सोधेका सबै कुरालाई समेट्न सक्नुभयो भने लोकसेवा आयोगको परीक्षामा तपाईं अवश्य सफल बन्नुहुने छ ।

प्रश्नलाई र दिइएको समयलाई ध्यानमा राखेर सबै प्रश्नलाई छोएर लेख्न सकियो भने नतिजामा सकारात्मक प्रभाव पर्छ । समय व्यवस्थापन नहुँदा कुनै प्रश्न असाध्यै राम्रो हुँदा पनि कुनै प्रश्न छोडियो भने त्यसले राम्रो गर्दैन् । त्यसका लागि पाठ्क्रमलाई अत्यन्तै आधार बनाउनुहोस् ।

सबै प्रश्नहरु पाठ्यक्रममै आधारित भएर सोधिन्छन् । पढ्ने बेलामा पाठ्यक्रमसँग जोडिएका विषयहरु समसामयिक विषयहरु, दैनिक व्यवहारमा आइपरेका विषयलाई सिद्दान्त र व्यवहारिक दुबै पक्षलाई ध्यानमा राखेर पढ्नुहोस् । किनभने प्रश्नले सैद्दान्तिक र व्यवहारिक दुबै उत्तर खोजेको हुन्छ ।

प्रश्नले सोधेको विषयवस्तुको सैद्दान्तिक पृष्ठभूमिको आधार के हो ? यो किन कार्यान्वयन हुन सकेन ? समस्या के हुन् ? समस्याका उपायहरु के हुन् ? भन्ने किसिमले उत्तर दिन सक्नुपर्छ ।

त्यसपछि लेखन र प्रस्तुतिकरण कस्तो छ ? त्यो महत्वपूर्ण हुन्छ । तपाई धेरै पुस्तकहरु नपढ्नुहोस् । रिफ्रेन्सहरु धेरै पढ्नु पर्दैन । एउटा विषयलाई आधार मानेर पढ्ने र त्यसमा थप्नुपर्ने भयो भने अन्य पुस्तक पढ्नु भए राम्रो हुन्छ । यसले दिमागलाई एकत्रित पनि गर्छ । धेरै किसिमका विषय पढ्न थाल्ने हो भने दिमाग जिकज्याक हुन्छ । त्यसैले एउटै विषयवस्तुलाई वा धेरै पढे पनि आफ्नो ढंगले नोट बनाएर त्यसलाई आधार बनाएर अध्ययन गर्न सकियो भने राम्रो हुन्छ ।

भिडियो टिप्स हेर्नुस्

पछिल्लो समयमा सबैको आकर्षणको केन्द्र भनेकै सरकारी सेवा हो । सरकारी सेवामा पनि महत्वपूर्ण सेवाका रुपमा निजामति सेवा नै हो । निजामति सेवामा सेवाको सुरक्षा छ । जनतासँग प्रत्यक्ष सम्पर्कमा गएर सेवा प्रवाह गर्न सकिन्छ । अर्को कुरा सरकारी सेवा भनेको सरकारको काम कारबाही, सरकारको पदीय दायित्व र जिम्मेवारीमा रहेर समाजसेवा गर्ने हो ।

यसलाई जति सक्यो आफूले राम्रो काम गर्न सकियो भने आफ्नो पनि स्कोप छ र जनताले हेर्ने दृष्टिकोण पनि राम्रो हुन्छ । एउटा सेवाको सुरक्षा, एउटा वृद्धिको सम्भावना र अर्को आर्थिक रुपमा पनि सामाजिक सुरक्षाका हिसाबले पनि अवकाशपछि पनि ग्यारेन्टी भएकाले सरकारी सेवामा पनि आकर्षण छ । त्यसमा सबैभन्दा महत्वपूर्ण निजामति सेवा हो ।

निजामती सेवामा प्रवेश गरेको व्यक्तिले आफूलाई नैतिकवान, समर्पित र पेशाप्रतिको व्यवसायिक रुपमा अगाडि बढ्न सक्यो भने त्यो व्यक्ति सफल हुन्छ । र, यसमा स्कोप पनि छ ।

प्रकाशित मिति ७ आश्विन २०७७, बुधबार २१:०७
प्रतिक्रियाहरू