मनोजका कवितामा सामाजिक वि’कृतिदेखि देश प्रेमसम्म

मनोजका कवितामा सामाजिक वि’कृतिदेखि देश प्रेमसम्म

सुभद्रा ढकाल

@Mayur Times

२०७७ असोज ७ गते बुधबार ०७:२९

मनोज भण्डारीको ईश्वरलाई चिठी अहिले निकै चर्चाको शिखरमा रहेको छ । समसामयिक विषयवस्तुलाई दरिला शब्द र भावले कुँद्न सक्ने कला भण्डरीमा घनीभूत देखिन्छ । उनको प्रस्तुति कला र गलाले गर्दा स्रोता र पाठकका मनलाई खिच्न उनी सफल देखिन्छन्...

मनोज भण्डारीको ईश्वरलाई चिठी अहिले निकै चर्चाको शिखरमा रहेको छ । समसामयिक विषयवस्तुलाई दरिला शब्द र भावले कुँद्न सक्ने कला भण्डरीमा घनीभूत देखिन्छ । उनको प्रस्तुति कला र गलाले गर्दा स्रोता र पाठकका मनलाई खिच्न उनी सफल देखिन्छन् । कवितामा विशेषतः व्यञ्जनाको मात्रा आधिक्य राखेर छन्द कवितालाई नयाँ बान्की दिने हुनाले उनका कवितामा फरक दृष्टिकोण भेटिन्छ ।

म उनका कविताको पाठक हुँ । भण्डारीसँग च्याटमा सामान्य कुराकानीभन्दा बढी नजिक हुने अवसर मैले पाएको छैन । उनका कविता पढ्दा गर्वले छाती फुल्छ । वर्तमानको गद्य साहित्यकारका भीडमा पनि मनोज एक्लै पद्य साहित्यलाई जोगाउन सक्ने प्रतिभावान् स्रष्टा हुन् भन्ने मेरो ठम्याइ छ । साहित्यकार रमेश खकुरेल भन्छन् – ‘आउने पुस्तामा अरू कसैले छन्द कवितामा कलम चलाएन भने पनि एक्लो मनोज मात्र उभिएर हाम्रो छन्द परम्पराको हाँक संसारलाई दिन सक्छ ।’ युटुव र अन्य सामजिक संजालमा व्यापक रूपमा चर्चा बटुलेका कविका बारेमा राष्ट्रकवि माधव प्रसाद घिमिरेले लेख्नु भएकाे छ – भण्डारीका कविता भण्डारी जस्तै छन् – सरल पनि तरल पनि । यी तन्नेरीका कविता यिनकै सुरिलो आवाजमा सुनेपछि लाग्यो – कवि मनोज भण्डारी र छन्दकविताको भविष्य उज्ज्वल छ । घिमिरेले भनेजस्तै भण्डारीको कविता यात्राले नेपाली छन्द परम्परामा नयाँ आयम थप्नेछ ।

तिनताका छन्दकविहरू आफ्ना पद्य कविताहरू पनि गद्य कविता जसरी वाचन गर्थे । छन्द्रप्रतिको अनुदार दृष्टिकोणका सि’कार बनेका कविहरू स्वान्तःसुखायका लागि मात्र लेख्थे । प्रचारप्रसारदेखि टाढै रहेर पनि एकलव्यीय साधना गर्ने कविको अनिकाल भने हाम्रो देशमा हिजो पनि थिएन र आज पनि छैन । अहिले पाठकका मनलाई पद्य कविताले विशेष गरी तान्न थालेको आभास हुन्छ । यसमा विशेष श्रेय भने सञ्चार माध्यमलाई जान्छ जसले एकान्तमा साधनारत कविहरुका कला र गला समेटेर जनसमक्ष लगिदिएको छ ।
वि’वाद गद्य र पद्यको होइन । वि’वाद कविताको हो । केबल तुकबन्दी गरेर पद्य हुँदैन । त्यस्तै शब्दको थुप्रो लगाएर गद्य पनि हुदैन । दक्षिणपूर्वी एसियामा साहित्यका यी दुवै विधाले प्रचीन युगदेखि एउटै स्थान पाएका छन् । दुवै विधाका कृतिले विश्वमा कालजयी स्थान पाएका छन् । यो हाम्रो लागि गौरवको विषय हो । छन्द परम्परालाई भारतले पनि जोगाइराख्न सकेन । हामी नेपालीले छन्द परम्पराको धारलाई अद्यावधि संरक्षण दिन सकेकाछौँ । यो पनि कम गौरवको कुरा होइन । तर जोगाई मात्र राख्नु त्यसको खास अर्थ नहोला । विश्व साहित्यसँग टक्कर गरी लेख्नु आजको चुनौती हो ।

संचारका माध्यमहरूले सबैखाले, सबै पुस्ताका, सबै विधाका र सबै स्वादका साहित्यका परिकारहरू सिधै पाठक श्रोता समक्ष पु¥याइदियो । धन्यवाद दिनुपर्छ । तर गएका दशकमा पाठ्यपुस्तक निर्धारण हुँदा भेदभाव रह्यो । स्तरीय साहित्यले पनि त्यसमा स्थान पाएनन् । वर्तमानमा छन्द साहित्यको पुनर्जागरण भएको छ । राम्रा स्कुलले छन्दको लेखन र पठन, गायनलाई समेत अहिले स्थान दिई उचालेका छन्, खुसीको कुरा हो । उदीयमान स्रस्टाले छन्दमा कलम चलाएर यसको महत्तालाई जुरुक्क उठाएका छन् । यो क्रममा देवघाटको पावन भूमिमा गुपचुप अध्ययन र छन्द कविता साधना गरिरहेका ‘मनोज भण्डारी’ ले पनि सामाजिक सञ्चार सञ्जालबाट निकै उचाइ प्राप्त गरे । उनका हजारौँ शुभचिन्तक र दर्शकको मुखमा हरपल झुण्डिरह्यो ‘प्यारो छ नेपाल यो ।’

छाती पर्वत हो, हिमाल शिर हो, यी फाँट हुन् पाइला
माटो जीवन हो, दुवै नयन हुन् यी गण्डकीका शिला
मेरो प्राणसमान छन् प्रिय सदा यी कन्दरा, ताल यो
यै धर्तीसँग गाँसिएछ ममता, प्यारो छ नेपाल यो ।
पृष्ठ (९)
देशप्रेमको भावनाले भरिएको ‘प्यारो छ नेपाल यो’ कविताले पुस्तकमा मंगलाचरणको काम गरेको छ । देशभक्तिको भावनालाई देश नमासियोस्, ‘देवनारायण यादव उवाच’ आदि अन्य कविताहरूले पनि देशप्रेमको महत्ता मुखरित गरेका छन् । भण्डारीको देशभक्ति धेरैजसो व्यङ्ग्यको शैलीमा व्यञ्जित हुन्छ । व्यञ्जना कविताको शक्तिशाली अङ्ग नै हो । डाक्टरसाप, नेपालको सान हो, नेपाल कस्तो भयो, आदि कविता यसका उदाहरण हुन् । उज्यालो भविष्यको कामना उनका कविताहरूले गरेका छन् । आकाशको जूनलाई लालटिनको उपमा दिएर लेखिएको ‘सुनौलो भविष्य’ कविता यसको साक्षी हो । प्रकृति कहिले चैते पलाइँतेमा आँकुरा हाल्छ कहिले रामकोट गएर फुल्छ, कहिले भने काँडा र फूलको रूपमा प्रेम गर्न थाल्दछ । यस्ता अनौठा भाव र विम्ब उनका कवितामा सहज रूपमा उपस्थित भएका छन् ।

विश्व विद्यालय तहमा सधैँ प्रथम हुने भण्डारी कवितामा पनि पनि उत्तिकै अब्बल र सशक्त कवि हुन् भन्ने कुरा उनको ईश्वरलाई चिठी शीर्षकको कवितासङ्ग्रहले पुष्टि गर्दछ । संस्कृत भाषामा विशिष्ट प्रतिभावान् मनोजका कवितामा सरल, सहज र सरलता भेटिन्छ । वर्तमान कालखण्को अन्य गद्य कविताभन्दा उनको कवितामा शास्त्रीय छन्द, साङ्गीतिक श्रुतिमाधुर्य र सुललित भाव रहेका छन् । रूपक, श्लेष, उपमा लगायतका अलङ्कारले सर्लक्कै सजाएर आफ्नो कवितालाई उनले नवबधूलाई जस्तै सिँगारेका छन् ।
कविता पढ्दा उनको प्रिय छन्द शार्दूलविक्रीडित हो कि झैँ लाग्छ । कवि यो छन्दमा मात्र सीमित भने छैनन् । मन्दाक्रान्ता, शिखरिणी, प्रमाणिका, दिक्पाल, द्रुतविलम्बित, उपजाति, अनुष्टुप र इन्द्रब्रजा लगायतका छन्दहरू पनि उनको कलम प्रखर देखिन्छ । हरेक मानिसभित्र ईश्वरको वास हुन्छ । झट्ट हेर्दा मनोजका कवितामा पनि ईश्वरप्रतिको भक्तिभाव झल्को आएझैँ पनि लाग्न सक्छ । तर विस्तृत रूपमा उनका कवितामाथि विचरण र अध्ययन गर्दा देशप्रेम, प्रकृतिप्रेम, प्रेम वि’योग, व्यङ्ग्य आदि विषयवस्तुलाई उनले आफ्नो सिर्जनमा छातछुल्ल बनाएका छन् । देशमा केही छैन भनेर केबल गु’नासो गर्नेहरूको लागि उनले के छैन नेपालमा ? भनेर आफ्ना कवितामा नेपाल, यहाँका डाँडा, हिमाल, माटो, नदी, वनस्पति, सँस्कृति, भाषा, भेषसँग गाँसेर अनुपम प्रकृतिको वर्णन गरेका छन् । ती कविता पढ्दा कसैको हृदय पग्लिएन भने म ठोकुवा गर्छु त्यो नेपाली होइन । ऊसँग नेपालीको हृदय छैन ।

संस्कृत साहित्य छन्दको त महानिधि नै हो । मनोज त्यही साहित्यका अध्येता र पारखी पनि हुन् । यो सङ्ग्रहमा समाविष्ट सबै कवितामा छन्दको चमत्कारी प्रयोग अनि अनेक रस र अलङ्कारको सफल समिश्रण छ । रसका दृष्टिले मात्र हेर्दा शृङ्गार रसको बाहुल्यझैँ लाग्छ । एउटा उदाहरणलाई यसरी प्रस्तुत गर्न सकिन्छ । कवितामा शृङ्गारिकता आउनु भनेको उनको उमेर पनि एउटा कारण बन्न सक्छ ।
तिम्रो चोखो कमलतनमा दा’ग लाग्ला भनेर
आँधीबेरी पनि मृदु भई आइपुग्छन् मनेर ।

धेरै कलाले सुजाएको कविता लेखेतापनि उनको कवितालाई सामान्य पाठकले बुझ्न कठिन पर्छ । उनको सङ्ग्रहमा रहेको नयाँमिल कविता सामान्य पाठकको लागि कविन कविता हो । र पनि उनका अन्य कवितामा धेरैजसो आसावादी दृष्टिकोण र उज्यालोको सङ्केत पाइन्छ ।

प्रकाशित मिति ७ आश्विन २०७७, बुधबार १९:२९
प्रतिक्रियाहरू
नथाक्ने मान्छे ” गजल सङ्ग्रह – निराजन लुइटेल

नथाक्ने मान्छे ” गजल सङ्ग्रह – निराजन लुइटेल
२०७७ कार्तिक १२ गते बुधबार १०:०५

पाठकको नजरमा  ” वीर्य जमिन ” –  निराजन लुइटेल

पाठकको नजरमा ” वीर्य जमिन ” – निराजन लुइटेल
२०७७ कार्तिक ९ गते अाईतबार ०३:४३

आमा  यसकारण म दशैँमा घर आउन सकिनँ – बम बाेगटी

आमा यसकारण म दशैँमा घर आउन सकिनँ – बम बाेगटी
२०७७ कार्तिक ७ गते शुक्रबार ०५:४४

हरिश जोशिले प्रेमिकालाई दिए दशैं उपहार

हरिश जोशिले प्रेमिकालाई दिए दशैं उपहार
२०७७ कार्तिक ६ गते बिहिबार ०५:२५