चर्चित गजलकार नारायण काँइलोको मार्मिक गजल

चर्चित गजलकार नारायण काँइलोको मार्मिक गजल

मयूर टाइम्स

@नारायण काँइलो

२०७७ असोज ७ गते बुधबार ०७:१२

मेरो भलाई नहोस् भनेर साथी सोच्छ के का लागि सधै मेरो ब’र्बादी सोच्छ

मेरो भलाई नहोस् भनेर साथी सोच्छ
के का लागि सधै मेरो ब’र्बादी सोच्छ

हाम्रो देशका नेता पनि यस्तै न हुन
छेपारोले घर बनाउने कुरा राति सोच्छ

ठुलाले सानोलाई हेप्ने चलन जो छ
झुपडी नउडाउँ कहाँ आँ’धी सोच्छ

थाहा छैन पुरस्कार ठूलो चुनौती हो
उस्ले पुरस्कारलाई उपाधी सोच्छ

म देशको नक्शामा पर्दिन कि के हो ?
अभावले गुज्रिएको कर्णाली सोच्छ

प्रकाशित मिति ७ आश्विन २०७७, बुधबार १९:१२
प्रतिक्रियाहरू