कीर्तिमानी पर्वतारोही आङरिता शेर्पा ‘हिम चितुवा’को राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । ‘हिम चितुवा’को काठमाडौंको टेकु दोभानमा बुधबार आज शेर्पा परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो ।
उनको पार्थिव शरीरमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो । त्यस्तै सशस्त्र प्रहरीको एक टुकडीले शेर्पाप्रति सलामी अर्पण गरेको थियो ।
हिउँ चितुवाको नामबाट चिनिएका नेपाली पर्वतारोही आङरिता शेर्पाको ७२ वर्षको उमेरमा काठमाडौं जोरपाटीस्थित निवासमा सोमबार बिहान १० बजे निधन भएको थियो उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए।
१० पटक विना अक्सिजन सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकाआङरिता शेर्पाको २००५ सालमा सोलुखुम्बुको हिलाजुङ (हाल पासाङल्हामु गाउँपालिका– थामे) मा जन्मिएका थिए ।
आङरितालाई ‘हिउँचितुवा’ का नामले विश्वभर चिनिन्छ । उनले नेपालका ८ हजार अग्ला सबै हिमाल अक्सिजनबिना आरोहण गरेर कीर्तिमान बनाएका थिए ।
प्रकाशित मिति ७ आश्विन २०७७, बुधबार १७:३९