अरुलाई भन्न नहुने पाँच कुराहरु

अरुलाई भन्न नहुने पाँच कुराहरु

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज ६ गते मङ्गलबार ११:३५

सुखी र सफल हुने हो भने यी पाँचवटा कुरा कसैलाई भन्न हुँदैन् । यो मनोवैज्ञानिक सच्याई पनि हो । निम्न कुराहरु हामी कसैलाई भन्नु हुँदैन्; १.आफ्नो लक्ष्य हामीले आफ्नो लक्ष्य कसैलाई भन्नु हुँदैन किनकी हामी सबैले सानो हुँनेबेलामा कति...

सुखी र सफल हुने हो भने यी पाँचवटा कुरा कसैलाई भन्न हुँदैन् । यो मनोवैज्ञानिक सच्याई पनि हो । निम्न कुराहरु हामी कसैलाई भन्नु हुँदैन्;

१.आफ्नो लक्ष्य
हामीले आफ्नो लक्ष्य कसैलाई भन्नु हुँदैन किनकी हामी सबैले सानो हुँनेबेलामा कति ठूला-ठूला लक्ष्यहरु भन्ने गर्दथ्यौँ जस्तै डाक्टर, इन्जिनियर, पाइलट आदी बन्छौं भन्ने गर्दथ्यौ । के त्यो हाम्रो लक्ष्य पुरा भयो त ? अहँ पटक्कै भएन् । जसरी हामीले हाम्रा लक्ष्य कसैलाई सुनाउछौँ । हामी एकदमै उत्तेजित र उत्साहित हुन्छौ । हाम्रो खुसीको सीमा हुँदैन । तर त्यो एक समयसम्म भन्दा धेरै उत्साहित हुन सक्दैनौँ । त्यसपछि हामी आफ्ना लक्ष्यलाई विस्तारै-विस्तारै बिर्सन्छौँ । फलस्वरूप हाम्रो लक्ष्य पुरा गर्न सक्दैनौँ र अर्को लक्ष्य बनाउनतिर लाग्दछौँ । उक्त लक्ष्य पनि पुरा हुन सक्दैन ।

हाम्रो लक्ष्य सबैलाई भन्दै नभन्ने भनेको होइन् । हामीलाई मार्गनिर्देशन गर्ने हाम्रा बाबाआमा र गुरुहरूलाई भन्नै पर्छ । हामी आफ्नो लक्ष्यमा असफल हुन्छौँ तर हाम्रा मार्गनिदेशक जस्ता विशेष व्यक्तित्वहरुलाई लक्ष्य न भनेर पनि हामी आफ्नो लक्ष्य पुरा गर्न सक्दैनौँ । हामीले उहाँहरुको साथ सहयोग र सल्लाहले पनि हामी आफ्नो लक्ष्य पुरा गर्नमा ठूलो हात रहन सक्छ । त्यसैले कस्तो व्यक्तिलाई हाम्राे लक्ष्य सुनाउने हाे ख्याल गर्नुपर्छ । त्यसैले हाम्राे लक्ष्य अरुलाई सुनाउनु पनि हुन्न र नसुनाइ पनि हुन्न ।

२.आफ्नो कमजोरी
हामीले अरूलाई भन्नै नहुने अर्को कुरा भनेको आफ्नो कमजोरी हो । हामी साथीभाइ बनाउँदै जान्छौँ र हाम्रो कमजोरी सबैसँग खोल्दै जान्छौँ । यसरी आफ्नो कमजोरी आफूले अरुलाई सुनाइदिँदा उनीहरुले हामी प्रति गर्ने व्यवहार भिन्न हुन सक्छ । यसो भएमा सम्मानित भएर बाच्ने कुरामा ठेस पुग्छ । तर आफ्ना कमजोरीहरू नभनिकन नहुने पनि हुन्छ ।हामीलाई मार्गनिदेशन गर्ने हाम्रा आमाबाबु, गुरु वा बुझ्ने साथीहरुसँग भन्नाले तनाव हुनबाट मुक्त हुन सहयोग पुग्दछ । हाम्रा दुःखहरू हामीलाई अत्यन्त माया गर्ने मान्छेसँग भन्नु जरुरी हुन्छ । दुःखहरू या पीडाहरु कसैसँग नबाड्नाले डिप्रेशन वा एन्जाइटी हुने प्रचुर सम्भावना हुन्छ । त्यसैले अरुलाई बुझेर हाम्रो कुराहरु राख्न सक्छाैँ ।

३.आफ्नो आर्थिक अवस्था
हरेक मान्छेको आर्थिक अवस्था फरक-फरक हुन्छ । यदि हामीले अरूलाई आफ्नोे आर्थिक अवस्थाको बारेमा भन्यौँ भने उनीहरुको हामीलाई हेर्ने दृष्टिकोण जसरी हेर्नु पर्ने हो त्यो भन्दा फरक हुन्छ । रुपियाँ, आम्दानी वा पैसा भनेको नम्बर हो । त्यसकारण आफूभन्दा अगाडि वा धनी छ भने हामीलाई गन्न छोडिदिन्छन् विपरित जो हामी भन्दा कमजोर हुन्छ उसले उक्त पैसा पाउनुलाई बेलाबेला चाप दिइरहेको हुन्छ । दुवै तिरबाट समस्या उत्पन्न हुन पुग्दछ । यो समस्या पनि हमीलाई मार्गनिदेशन गर्ने व्यक्तित्वहरुलाई बाहेक सामान्य व्यक्तित्वहरुलाई भन्नु हुँदैन् । हमीलाई मार्गनिदेशन गर्ने व्यक्तित्वहरुसँग उक्त समस्या भनेमा हाम्रो समस्या विस्तारै समाधान गर्न सहज हुन्छ ।

४.आफ्नो पारिवारिक समस्या
आफ्ना परिवारका कमजोरीहरू या गोप्य कुराहरू बाहिरका मानिसहरूलाई भन्न हुँदैन् । यदि हामीले आफ्ना परिवारमा भइरहेका झै झगडाहरू अरूलाई भनेमा हामीलाई हेर्ने दृष्टिकोण फरक हुन्छन् । साथमा हामीलाई सम्मान वा साथ दिदैन्न। भनिन्छ नि भाइ फुटे गवार लुटे । परिवारको एकजनाको कमजोरीमा उक्त समस्या उत्पन्न भए ता पनि त्यहाँ सबैको कमजोरी देखिन जान्छ । फलस्वरुप हामी सबै दोषीको साथसाथै हामी साथीभाइ वा अरुको नजरमा अपहेलित हुन पुग्छौँ । तर हमीलाई मार्गनिदेशन गर्ने व्यक्तित्वहरुसँग भने सल्लाह लिन सक्छाैँ ।

५.अरुकाे निन्दा
यदि कसैको कमजोरी देखाइदिनु छ भने सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष रुपमा विनम्रतापूर्वक वा इमानदारीपुर्वक भन्नु पर्छ । यदि हामीले भनेमा उसले पनि त स्वीकार गर्न सक्छ । त्यो मान्छे सुधार हुन सक्छ । तर त्यो कुरा तेस्रो व्यक्तिलाई भने हाम्रो इज्जत सधैको लागि खस्कने सम्भावना हुन्छ । किनकी एक कान दुई कान मैदान हुँदै त्यो कुरा जहाँबाट सुरू भएको थियो त्यही आइपुग्छ । तर तारिफयोग्य छ भने पिठ्यु पछाडि गर्नु पर्छ उसँग कहिल्यै तारिफ गर्नु हुँदैन् ।

सफलताको विज्ञान भनेको खुसी हुनु र अरुलाई खुसी पार्नु हो । सफल हुने भनेको आफूले गरेर हुने होइन् अरुले बनाएर हुने हो । त्यसको लागि अरुलाई खुसी पार्नुपर्छ । खुसी पार्नको लागि यी पाँचवटा कुरा मनन नगरे अरुलाई खुसी पार्न सक्दैनौँ । अरु खुसी नभएमा हामीलाई सफल हुने मौका पाउँदैनाैँ । त्यसैले हामी अरुलाई खुसी बनाउनुपर्छ । त्यसकारण यी पाँच कुरा अरुलाई सुनाउनु पनि हुन्न र नसुनाइ पनि हुन्न ।

प्रकाशित मिति ६ आश्विन २०७७, मंगलवार २३:३५
प्रतिक्रियाहरू