जबसम्म सास रहन्छ जिन्दगी रहन्छ
बेलाबेला मृत्यु आउँछ झिस्की रहन्छ
दु:ख, पिडा, दर्दहरु मलाई आउने छैन
यो सहरमा कान्छीको खुल्ला भट्टी रहन्छ
टाढा जाउ दुर जाउ मैले नदेख्ने गरी बस
यो प्रेम हो दुरी सँगै प्रेम पनि बढी रहन्छ
छोडीदेउ आगो...
जबसम्म सास रहन्छ जिन्दगी रहन्छ
बेलाबेला मृत्यु आउँछ झिस्की रहन्छ
दु:ख, पिडा, दर्दहरु मलाई आउने छैन
यो सहरमा कान्छीको खुल्ला भट्टी रहन्छ
टाढा जाउ दुर जाउ मैले नदेख्ने गरी बस
यो प्रेम हो दुरी सँगै प्रेम पनि बढी रहन्छ
छोडीदेउ आगो लगाइ जे सुकै होस् मलाई
थाम्न सक्छ यो मेरो मुटु हो जली रहन्छ।
लुकेर केहि बात गरौं म मृत्युको प्यारो छु
तिमी सग हुन्छु भेट्दैन मलाई खोजी रहन्छ