बझाङको थलारा गाउँपालिकामा असोज १ गते बसेको गाउँकार्यपालिकाको बैठकले थलाराको पाराकाट्नेमा कोभिड अस्पताल बनाउने निर्णय पारित गरेको छ। निर्णय पारित भएसंगै गाउँपालिकाले कोभिड अस्पतालको निर्माण कार्य पनि सुरु गरेको जनाइएको छ ।
थलारा गाउँपालिकाको ३ नम्बर वडास्थित पाराकाट्ने स्वास्थ्य चौकीमा नै गाउँपालिकाले ५ शैयाको कोभिड अस्पताल बनाउने निर्णय गरिएको स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओलीले जानकारी दिएका छन् ।
संघीय सरकारको प्रत्येक स्थानीय तहमा कोभिड अस्पताल बनाउने कार्ययोजना अनुरुप नै अस्पताल निर्माण कार्य थालिएको छ ।
प्रकाशित मिति ६ आश्विन २०७७, मंगलवार ०८:०२