कीर्तिमानी पर्वताराेही आङरिता शेर्पा ‘हिम चितुवा’काे निधन…

कीर्तिमानी पर्वताराेही आङरिता शेर्पा ‘हिम चितुवा’काे निधन…

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज ५ गते सोमबार ०४:५७

हिउँ चितुवाको नामबाट चिनिएका नेपाली पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ। ७२ वर्षका शेर्पाको काठमाडौं जोरपाटीस्थित निवासमा सोमबार बिहान १० बजे निधन भएको हो। बिनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न...

हिउँ चितुवाको नामबाट चिनिएका नेपाली पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ। ७२ वर्षका शेर्पाको काठमाडौं जोरपाटीस्थित निवासमा सोमबार बिहान १० बजे निधन भएको हो। बिनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल भएका थिए ।

पासाङ ल्हामु फाउण्डेसनका महासचिव छेटु शेर्पाले दिएको जानकारीअनुसार शेर्पाको आज बिहान निधन भएको हो। अन्तिम संस्कार भने एक/दुई दिनमा गरिने उनले जानकारी दिए।

शेर्पाको पुर्ख्यौली घर सोलुखुम्बुको थमो हो। उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए। अक्सिजनबिना नै उनले १० पटक सगरमाथाको सफल आरोहरण गरेका थिए। त्यसै कारण उनलाई हिउँ चितुवाको नामले चिनिने गरिएको हो। उनी विगत केही वर्षदेखि बिरामी भएर थलिएका थिए।

प्रकाशित मिति ५ आश्विन २०७७, सोमबार १६:५७
प्रतिक्रियाहरू