चेल्सी माथि लिभरपुलको सानदार जीत

चेल्सी माथि लिभरपुलको सानदार जीत

सागर नेपाल

@Mayur Times

२०७७ असोज ४ गते अाईतबार ११:३९

इङलिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल ले लगातार दोस्रो जीत आत्मसात गरेको छ । साविक विजेता लिभरपुरले चेल्सी माथि २–० को सानदार जित निकाल्यो । चेल्सीको घरेलु मैदान स्टयाम्फोर्ड ब्रिजमा भएको खेलको ४५ औँ मिनेटमा चेल्सी दस खेलाडीमा सिमित हुन पुग्यो ।

साडियो मानेलाई डिबक्स बाहिर एन्ड्रियस क्रिस्टेनसेनले फल गरेपछि उनलाई रातो कार्ड प्रदान गरिएको थियो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा चेल्सीमाथि लिभरपुलले २ गोल गर्न सफल भयो । खेलको ५० औँ मिनेटमा रोबटो, फिर्मिन्होको पासमा साडियो मानेले उत्कृष्ट हेड मार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । यस्तै खेलको ५३ मिनेटमा चेल्सीका गोल किपरले जोजिन्होलाई बल पास गर्ने क्रममा गल्ती गर्न पुग्दा मानले थप एक गोल गर्न सफल भयो । यस्तै खेलको ७४ औँ मिनेटमा चेल्सीले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन ।

कप्तान जोजिन्होको पेनाल्टी लिभरपुलका गोल किपर एलिसनले जोगाए । यस्तै दुवै टोलीले सिजनको पहिलो खेलमा जीत हात पारेका थिए । लिभरपुलले लिड्स युनाइटेडमाथि ४–३ को जीत निकाल्दा चेल्सीले ब्राइटनमाथि ३–१ को जीत निकालेको थियो ।

प्रकाशित मिति ४ आश्विन २०७७, आईतवार २३:३९
प्रतिक्रियाहरू