गरीबी हतासो बन्यो र जिन्दगी तान बन्यो
छोराको एकै झल्को आमाको मुस्कान बन्यो
चोट दिने आफन्तहरुले अभिनय यसरी गरे
जसरी अचानोप्रति खुकुरी अञ्जान बन्यो
यो समाज निर्जीवहरुको उर्वर भुमि रहेछ
यहाँ म मान्छे बनिनँ पत्थर भगवान बन्यो
जनताले बिकासको निम्ति मत दिएका हुन्
प्रतिफल मा आज थप दुइटा उखान बन्यो
पढ्न त देशकै कक्षाहरुमा कृषि पढेको हुँ
बिडम्बना भनुँ परीक्षा केन्द्र मुग्लान बन्यो
प्रकाशित मिति ४ आश्विन २०७७, आईतवार १२:०२