गजल – बिपीन सलामी

गजल – बिपीन सलामी

बिपीन सलामी

@Mayur Times

२०७७ असोज ४ गते अाईतबार ११:४७

तलाउको पानी पनि दाैडिदाे रहेछ पत्थर हिर्काएर बिचार गरियो

कहिले वार कहिले पार गरियो
धेरै चोटी डुंगामा सवार गरियो

तलाउको पानी पनि दाैडिदाे रहेछ
पत्थर हिर्काएर बिचार गरियो

नजिकबाट चिनेँ पनि जीवनलाई
नचिने जस्तै व्यवहार गरियो

केवल यादहरु मात्रै पठाएछौ
तिमी आउछौकी भनी इंतजार गरियो

भोक रोग अनि शाेक मात्रै भेटियो
बिपन्नता जब चीरफार गरियो

यस कारण पनि निदाउन सकिनँ
रातभर यादको प्रतिकार गरियो

प्रकाशित मिति ४ आश्विन २०७७, आईतवार ११:४७
प्रतिक्रियाहरू
नथाक्ने मान्छे ” गजल सङ्ग्रह – निराजन लुइटेल

नथाक्ने मान्छे ” गजल सङ्ग्रह – निराजन लुइटेल
२०७७ कार्तिक १२ गते बुधबार १०:०५

पाठकको नजरमा  ” वीर्य जमिन ” –  निराजन लुइटेल

पाठकको नजरमा ” वीर्य जमिन ” – निराजन लुइटेल
२०७७ कार्तिक ९ गते अाईतबार ०३:४३

आमा  यसकारण म दशैँमा घर आउन सकिनँ – बम बाेगटी

आमा यसकारण म दशैँमा घर आउन सकिनँ – बम बाेगटी
२०७७ कार्तिक ७ गते शुक्रबार ०५:४४

हरिश जोशिले प्रेमिकालाई दिए दशैं उपहार

हरिश जोशिले प्रेमिकालाई दिए दशैं उपहार
२०७७ कार्तिक ६ गते बिहिबार ०५:२५