आइपिएलमा चेन्नाईको विजय सुरुवात

आइपिएलमा चेन्नाईको विजय सुरुवात

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज ४ गते अाईतबार १२:४२

इन्डियन प्रिमियर लिग (आइपिएल) को तेह्रौँ संस्करणको उद्धघाटन खेलमा चेन्नाई सुपर किग्संले मुम्वई इन्डियन्सलाई ५ बिकेटले पराजित गर्दै आफ्नो आइपिएल यात्रामा विजय सुरुवात गरेको छ । शेख जायद स्टेडियम आवुधावीमा टस जितेर चेन्नाई सुपर...

इन्डियन प्रिमियर लिग (आइपिएल) को तेह्रौँ संस्करणको उद्धघाटन खेलमा चेन्नाई सुपर किग्संले मुम्वई इन्डियन्सलाई ५ बिकेटले पराजित गर्दै आफ्नो आइपिएल यात्रामा विजय सुरुवात गरेको छ । शेख जायद स्टेडियम आवुधावीमा टस जितेर चेन्नाई सुपर किग्संले फिल्डिन गर्ने निर्णय गरेको थियो ।

जवाफी व्याटिङमा आएको मुम्वईले निर्धारित २० ओभरमा ९ बिकेट गुमाएर १६२ रन बनाउन सफल भयो । मुम्वईको लागि ओपनर व्याट्म्यान रोहित शर्मा र क्वीटन डिककले ४६ रनको उत्कृष्ट साझेदारी गर्दै मुम्वईलाई राम्रो सुरुवात दिएका थिए । रोहित शर्मा व्यक्तिगत १२ रनको अवस्थामा पियुष चावलाको बलिङ्मा आउट हुन पुगे । त्यस लगत्तै डिकक पनि आफ्नो व्यक्तिगत ३३ रनको अवस्थामा सेम करणको बलिङमा आउट हुँदा मुम्वईको इन्डिन धर्मराएको थियो । त्यसपछि व्याटिङमा आएका सुर्य कुमार यादव र शौरभ तिवारी बिच तेस्रो विकेटका लागि ४४ रनको साझेदारी हुँदा मुम्वईले चेन्नाईलाई प्रतिस्पर्धात्मक लक्ष्य दिन सफल भयो । सौरभ तिवारीले ३१ बलको सामना गर्दै ३ चौका र १ छक्काको मद्यतमा ४२ रन बनाए । यस्तै कायरन पोलाडले १८ रन बनाउँदा हार्दिक पांड्या १४ रनमा आउट हुन पुगे ।

 

चेन्नाईका लागि लुन्गी एनगीडिले चार ओभर बलिङ गर्दै ३८ रन खर्चेर ३ बिकेट लिए । यस्तै रविन्द्र जडेजा तथा दिपक चाहरले समान २–२ बिकेट लिए । भने पियुष चावोलाले तथा सेम करणले १–१ विकेट लिए । जवाफी १६३ रनको लक्ष्य पछ्याएको चेन्नाईले १९ . २ ओभरमा १६६ रन बनाउन सफल भयो चेन्नाईका लागि सुरुवात भने राम्रो रहन सकेन । ६ रनको अवस्थामा चेन्नाईले आफ्नो ओभनर द्धोय सेन वाटसन र मुरली विजयलाई गुमाएको थियो । वाटसन ५ बलको सामना गर्दै ४ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा मुरली विजय १ रनमा आउट भए । तर तेस्रो बिकेटका लागि फाप डुप्लेसी र अंवाति रायुडु बिच उत्कृष्ट ११५ रनको सतकीय साझेदारीसँगै चेन्नाई बिजय यात्रामा अघि बढेको थियो । अंवाति रायुडुले ४८ बलको सामना गर्दै ७१ रन बनाए । जसमा ६ चौका तथा ३ छक्का समावेश रहेको छ । त्यस्तै फाप डुप्लेसीले ४४ बलको सामना गर्दै ६ चौकाको मद्यतमा ५८ रन बनाई अभिजित रहे । मुम्वईको लागि टे«न्ट बोल्ट, जेम्स प्याटिनसन जस्प्रित बुमराह , कुनाल पांड्या तथा राहुल चाहरले समान १ – १ बिकेट लिए ।

प्रकाशित मिति ४ आश्विन २०७७, आईतवार ००:४२
प्रतिक्रियाहरू
आईपीएल: कोलकातामाथि बैंगलोरको सहज जित

आईपीएल: कोलकातामाथि बैंगलोरको सहज जित
२०७७ कार्तिक ६ गते बिहिबार ०७:४८

फुटबलर रोनाल्डोलाई देखियो कोरोना

फुटबलर रोनाल्डोलाई देखियो कोरोना
२०७७ असोज २७ गते मङ्गलबार ११:१३

no-image

पञ्जाबविरुद्ध चेन्नईको शानदार जित
२०७७ असोज १९ गते सोमबार ०६:४४