असल मित्र ठानेँ तिमीलार्ई पारा मिलेन रे
भत्क्या साँघु उठाउनलाइ नारा मिलेन रे
बालसखा, रच्छ्यान् घुर्यान् खुट्टि अनि ताराबाजी
उन्नतीको मातमा पानीको धारा मिलेन रे ।
चोसे अनि सारै शौखिन भैसकेछ तिम्रो जिब्रो
आँटो पीठो मै हुर्क्याथ्यौ अहिले चारा मिलेन रे
हैट घोडा हैट् खेल्दा चढाएर परदेश लान्थे
बिच बाटो मै गाडी रोकी भारा मिलेन रे ।
देउशीपछि वनभोज जान्थ्यौ नुन भूटुन् बोकी
साल्सा अनि जुम्बाले गैरीखेतको गारा मेलेन रे
पोको पारी काँचा अम्बा सर्टमा टोकी बाँडी खान्थ्यौ
शहरबाट आइ भन्छौ दारा मिलेन रे ।
झर्दै गर्या लाम्पुच्छ्रेलाइ जिब्रो देखाइ निको पार्थ्यौ
बाइनाकुलरको पहुचले तारा मिलेन रे
प्रकाशित मिति २ आश्विन २०७७, शुक्रबार २१:२९