यी कलाकारले बनाए सुशान्तको मूर्ति, उनकाे कलाले दुनियाँ चकित – हेर्नुहाेस्

यी कलाकारले बनाए सुशान्तको मूर्ति, उनकाे कलाले दुनियाँ चकित – हेर्नुहाेस्

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज २ गते शुक्रबार ०८:३५

बलिउड अभिनेता सुशान्त सिंहले संसार छो’डेर गए पनि उनका फ्यानहरूको मनमा सदैव उनी जी’वित रहने छन्। लगातार सुशान्तको न्या’यका लागि उनका अ’सङ्ख्य फ्यानहरूले आवाज उ’ठाइरहेका छन्। केही फ्यानहरूले आफ्नो मनपर्ने नायक सुशान्तको सम्मानका...

बलिउड अभिनेता सुशान्त सिंहले संसार छो’डेर गए पनि उनका फ्यानहरूको मनमा सदैव उनी जी’वित रहने छन्। लगातार सुशान्तको न्या’यका लागि उनका अ’सङ्ख्य फ्यानहरूले आवाज उ’ठाइरहेका छन्। केही फ्यानहरूले आफ्नो मनपर्ने नायक सुशान्तको सम्मानका लागि उनको पूर्ण कदको मूर्ति बनाइदिन आग्रह गरेका थिए। र अब फ्यानहरूको सो आग्रह पूरा भएको छ। पश्चिम बंगालका एक कलाकारले सुशान्तको पूर्ण कदको मूर्ति बनाएका छन्। शुक्रबार मात्रै सो मूर्तिको अनुहार देखाइएको छ।

पश्चिम बंगालका एक कलाकार सुकांतो रायले फ्यानहरूको चाहना पूरा गरेका हुन्। सुकातोले बनाएको सुशान्तको मूर्तिका फोटोहरू सामाजिक सञ्जालहरूमा निकै भाइरल भैरहेका छन्। सबैले सुशान्तको मूर्तिको निकै तारिफ गरिरहेका छन्। साथै मूर्ति बनाउने कलाकारलाई आशीर्वाद पनि दिइरहेका छन्। शुक्रबार मात्रै सुकातोले पत्रकारहरूको अगाडि त्यस मूर्तिबाट पर्दा उठाएका हुन्। सुशान्तलाई मूर्तिमा सेतो सर्ट, कालो ट्र्याक र डेनिम ज्याकेट लगाएको देख्न सकिन्छ।

कलाकार सुकांतो भन्छन्, “मलाई सुशान्त निकै मन पर्थे।यो धेरै दुखको कुरा हो, आज उनी यस संसारमा छैनन्। अब उनको याद स्वरूप हामीसँग यो मूर्ति छ। जुन मेरो म्युजियममा रहने छ। यदि सुशान्तका परिवारले मूर्तिको माग गरेमा म उनीहरूका लागि अर्को मूर्ति बनाइदिने छु।”

सुकांतोको म्युजियममा रहेको सुशान्तको उक्त मूर्ति हेर्न धेरै मानिसहरू आइरहेका छन्। साथमा सबैले मूर्तिसँग फोटो पनि खिचाइरहेका छन्। सुकांतोले पहिले पनि बलिउड महानायक अमिताभ बच्चन र क्रीकेटर विराट कोहलीको पनि मूर्ति बनाएका थिए। जुन मूर्तिहरू उनको म्युजियममा सुरक्षित छन्। यसका अलावा अन्य सेलिब्रेटीका मूर्तिहरू पनि उनले बनाएका छन्।

प्रकाशित मिति २ आश्विन २०७७, शुक्रबार २०:३५
प्रतिक्रियाहरू