यस्तै नहोला निरन्तर बिचार गर्नु होला
समयको हुदैन भर बिचार गर्नु होला
वर्तमानमा तपाईंले देखाएको घमण्डले
भविष्यमा पर्ला असर बिचार गर्नु होला
मुटु पोल्छ मेरो बेस्सरी निद्रा लाग्दैन
कुरा खेल्छन अनेकथरी निद्रा लाग्दैन
तिमीले अब मेरो बिहे छिटै हुन्छ भन्यौं
त्यही दिन देखि रातभरि निद्रा लाग्दैन
रुदै-रुदै घरको आगन,बाध्यताले छोडनु पर्यो
परदेश लागे समाल्दै मन,बाध्यताले छोडनु पर्यो
मलाइ पनि बिचमै पढाई छोडने रहर छ्दै थिएन
दिमाग थियोे थिएन धन,बाध्यताले छोडनु पर्यो
अनेकौं थिए रहर मेरा पनि कहिलै सोधिएन
सोध्नै पर्ने कुरा अनि कहिलै सोधिएन
पढ्नु पर्छ भन्नेहरु धेरै भेटे दुनियाँ मा
किन पढ्न छोडिस् ?भनी कहिलै सोधिएन
सानो ठूलो केही भनेन औकात हेरेन
सबलाई एउटै चिहान पार्यो दिनरात हेरेन
भेदभाव भन्ने यी मान्छेका मनमा मात्रै रै’छ
प्रकृतीले रुप हेरेन,जातभात हेरेन
प्रकाशित मिति १ आश्विन २०७७, बिहीबार ०७:३७