छैन लेखेको
फूलेको फूलले
ओइलिएर झरेको फूललाई प्रेम पत्र
आधा बाटो साथ दिई छोडेर गएका नदिहरुले
बगरलाई प्रेम पत्र
तिमीले लेखे जस्तै
नाङ्गै बनाएर जाने पातहरुले
वृक्षलाई
पलपल मुटु सँग स्पर्श गर्ने हावाहरुले
स्वासप्रस्वास लाई
लेखेन प्रेम पत्र
किन हो नलेखेको कलमले
सकिएर / रितिएर
निस्वार्थ भर्ने कापीलाई
अन्तिम प्रेम पत्र
जुन ताराहरुलाई माया गर्ने
रातले कुनै बिहान लेखेन
घामले ओभानो अक्षरले दिनलाई कहिले लेखेन
तिमीले झै अन्तिम प्रेम पत्र
तिम्रो प्रेम
आकाश /धर्ती
हावा / पानी
दिन / रातको
भन्दा कयौं गुना फरक रहेछ
र त प्रेमको आगो बलेको छातिमा
परचक्री पाइलाहरुले थिचेर आमाको शिरमाथि
दोष थुपारि कसैले नलेखेको लेखेउ
अन्तिम प्रेम पत्र
प्रकाशित मिति १ आश्विन २०७७, बिहीबार ०७:०३