हिटलर पाले बुद्ध मारे बोल्नु हुदैन
उ सरकार हो सरकार बारे बोल्नु हुदैन!
भाइले गाग्री वर सारे छुरा हान्नुपर्छ
छिमेकीले पिल्लर सारे बोल्नु हुदैन
त्यत्रो पैसो, त्यत्रो सुन खै कल्ले खायो
चोरले मुलुक खोक्रो पारे बोल्नु हुदैन
जे भनेनी सुन्नै पर्छ हैन हुन्न भन्न हुन्न
गफै गफले देश बिगारे बोल्नु हुदैन
नेताले सिगान झारे सिँगापुर लानुपर्छ
जनता ले आँसु झारे बोल्नु हुदैन
प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार ११:०९